Posted by: shree5 August 14, 2005
Maoist Are Not Terrorist - UK
Login in to Rate this Post:     0       ?        
तर यसो भन्दैमा मैले उनीहरुको तरिका प्रति सहमति जनाएको होईन। मार्ने नै हो भने किन गरीबका छोरा छोरीलाई मार्छौ, मार ज्ञानेन्द्र र पारसलाई एकै घानमा सुईकाइदेउ, आर्मी र पुलिसका जेनेरल, आईजीपी लाई हान, किन बीचरा सिपाही मार्छौ, गिरीजा, माकुने, गोबिन्देलाई सुईकाइदेउ, किन गाउका मान्छे मार्छो। जे गरे पनि र जसले गरे पनि मर्ने मान्छे गाउँको चप्पल लाउने नै भएको छ, शहरमा महलमा बसेर जुत्ता लाउने लाई त मस्ती नै छ। गाउँमा कसैले नयाँ चप्पल afford गर्न सक्ने पैसा कमाएर नयाँ चप्पल लगायो भने "नयाँ चप्पल लगाउने सामन्ती" भनेर माओबादीले ठोक्छ, त्यही खुबी पनि नभएर पुराना चप्पल नै लगाई बस्यो भने "पुराना चप्पल लगाउने सर्वहारा गरीब बुङ्गा माओबादी " भनेर सरकारले ठोक्छ। सदा झैं पिल्सिने त चप्पल लाउने मात्रै हो, जुत्ता लगाएर महलमा बस्ने लाई कसैले छुने होइन डाँकाहरु। र माओबादीको अन्तम लक्ष जुन छ, communist republic को, त्यसमा भने मलाई डर लाग्छ। एक प्रकारको तानाशाही लाई तोड्नुको लक्ष अर्को तानाशाही ल्याउने होइन। फेरि सबै पार्टीमा सद्दे मान्छे पनि छन्, अनि सबै पार्टीमा असद्दे मान्छे पनि छन्। पहिले देखिकै उसका भनाईलाई मैले follow गर्दै आएको छु र personally, माओबादीभित्र बाबुराम भट्टराई लाई म भरोसा गर्छु ।Frankly, I havent seen anybody who is as visionary as him in the political leadership of Nepal. उसले साम्यबादी कम्यूनिष्ट ल्याउने पनि भनेको छैन। यस्तै काँग्रेस मा नरहरि आचार्य र गगन थापाको बिचार बोक्ने मान्छेहरु मलाई मन पर्छ, एमालेका सबै पाखण्डी , धोकेबाज जस्तो लाग्छ।राजाबादी हरु पनि माथिल्ला भ्रष्ट र गुन्डाहरु बाहेक धेरै जसो राजाको भक्ती गर्ने भन्दा पनि देशको भक्ती गर्ने राष्ट्रबादीहरु छन र धेरैले राजालाई समर्थन गरेको राजा मन परेर भन्दा पनि अरुले झन डुबाउँछन, देशै बेच्छन कि भनेर हो जस्तो लाग्छ मैले देखे अनुसार। साझामा सबैले यस बारे आ-आफ्नो धारणा राख्नु भएकोले मैले नि आफ्नो राय राखेको हो। सबैले नेपालको चिन्ता गरेर नै आफ्नो विचार राखेको होला जस्तो मान्छु म त, त्यसैले एउटा पक्ष बिशेष लिएर साझाका केही अरु thread हरुमा जस्तो epic युद्ध गर्ने मेरो रहर छैन है प्लीज, the above are just my own views, everyone is free to agree or disagree । Keep rolling...
Read Full Discussion Thread for this article