Posted by: shree5 August 14, 2005
Maoist Are Not Terrorist - UK
Login in to Rate this Post:     0       ?        
यसमा मेरो भने एकदम "दहीच्यूरे" धारणा छ । माओबादीले उठाएका मागहरु, मुद्दाहरु एकदमै जायज छन र खाली जुलुस मात्रै निकालेर र भोटै मात्रै हालेर यी मुद्दाहरु कहिले पनि surface पनि हुने वाला थिएनन्, समाधान नै भएर नेपालको समाजको आधुनिकीकरण हुने त धेरै परको कुरा भयो। नेतृत्व छाडेर तल्ला तहका जति कार्यकर्ता छन्, तीनमा धेरै माओबाद बुझेर माओबादको लागि लड्ने भन्दा पनि युगौंदेखि को अत्याचार, अन्यायले पिल्सिएर अरु केही संभावना नपाएर आफ्नो असन्तोषलाई exit दिन लागि परेका हुन्। माओबादी यसरी विस्तार नभएको भए शायद नेपालमा आज झन भयावह श्रीलङ्काको जस्तो जातीय, साम्प्रदायिक संघर्ष पनि फैलिन सक्थयो भनेर पनि धेरै बुज्रुक हरुले भनेका छन। माओबादी यसरी नबढेको भए र अर्कै साम्प्रदायिक संघर्ष भएको भए आज १५ हजार होइन, १५ लाख मान्छे पनि मारिन सक्थे। रुवाण्डा तिर ३ बर्षमा १० लाख मान्छे मारिए, यो पनि भुल्नु हुदैंन। अहिले त कम से कम राजनैतिक कारणमा भईरहेको छ हत्या, हिंसा, मान्छे राजाबादी, माओबादी, सेना, पुलिस, काँग्रेस, एमाले, सत्ता-पक्ष, विपक्ष भनेर मारिएका छन् तर कल्पना गरौं त कोही बाहुन, गुरुङ्ग, पहाडे, मधेशी , हिन्दू, बौद्ध आदि भएर मारिनु पर्ने अवस्था झन कति डरलाग्दो हुने थियो होला। कुनै अहम् कारण नभई माओबादी पनि बढेको छैन र माओबादी बढ्नुको कारण माओबादी को हत्या हिंसा भन्दा पनि सामन्ती समाजको वर्तमान अवस्था ज्यादा जिम्मेवार छ र बाबुराम भट्टराईकै शब्दमा "माओबादी समस्या होईन, भइरहेको समास्या समाधान गर्ने प्रयत्न हो "।माओबादीले युगेंदेखिको सामन्ती समाज-व्यवस्थाका सबै कमी कमजोरी surface मा ल्याईदिएको छ, र यसलाई अझै political conduit भित्रै राखेको छ, यस अर्थमा म terrorist मान्दिन ।
Read Full Discussion Thread for this article