Posted by: Nepe August 13, 2005
Login in to Rate this Post:
0
?
रसिक पण्डितज्यूले श्रृङ्गाररस तपतप चुहुदो गजल पस्किनु भो । यसलाई त सोझै कुनै पेशेवर गायककहाँ पु-याउनु भए हुन्छ । हिट हुन्छ ल यो गजल ।
गजल देखे पछि मेरा चै हात चिलाईहाल्छ, यसो प्राविधिक कुरा गर्न ।
दुईटा कुरोमा ध्यान गए मेरा । एउटा सबै पंक्तिमा बराबर अक्षर नभएको कुरा ('बेहर' नमिलेको) र अर्को चाहिं 'मकता' (अन्तिम शेरमा) प्रयोग भएको विकृत 'काफिया' ('साथ' भन्ने शब्द) । 'साथ' को सट्टा 'सात' बनाउन कोशिस गर्नुस् ।
बिछोड भयो त के भयो दैवले नै हरेपछि ।
तर तिमीलाई यो पण्डितको साथ अझै बाँकी छ ।
something like this:
आठ जुनीसम्म पर्खन्छु भनेकै छु
यो जुनीमा नभेटे के त, सात अझै बाँकी छ