Posted by: himaliketo August 11, 2005
Bideshinu ko pida
Login in to Rate this Post:     0       ?        
कबिता म मेरो देश कीन फर्कौ ? सहदेब पौडेल न्युयोर्क भनत म मेरो देश कीन फर्कौ ? सगरमाथा र बूद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ? देश को ळागी थुप्रै मरे म कीन ब्यर्थ मा मरू? ब्यर्थ मा मर्न का लागी म मेरो देश कीन फर्कौ ? न म स्वतन्त्र बोल्न सक्छु न त निर्धक्क कतै डुल्न सक्छु न म फूल बनेर कतै फूल्न सक्छु म आंतक बन्न सक्दिन , कसैको निहत्या हत्या गर्ने शैनिक बन्न सक्दिन न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सक्छु अनि भनत म मेरो देश कीन फर्कौ देशै फर्के भनेपनि म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी ईषाभेट्नेछु आखाभरी भोक देख्नेछु मनभरी शोक देख्नेछु आगन भरी महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी म सडक भरी ढुंगामुढा देख्ने छु काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु ळाग्ने छ कतै यि ढुंगामुढा र टायरहरु म फर्के को बिरोधमा बर्षिरहेछन अनि भनत म मेरो देश कीन फर्कौ ? म हिडीरहने सडकमा कृष्णभिर तगारो बन्ने छ बाटा भरि म एम्बुसका तारहरुमा जेलिने छु म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु, म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु, अनि भनत म मेरो देश कीन फर्कौ ? मेरो गाऊ तर्ने त्यो पुल छैन रे, बर्षौ भयो ओईलाएको सयपत्रि,जसमा कुनै फूल छैन रे, म पढ्ने स्कुलमा त आर्मि बयारेक बस्यो रे मेरो घर खालि गरी माओवादी पस्यो रे संगै हुर्की खेलेका साथीभाई कोहि मुग्लान त कोहि जंगल पसे रे अनि भनत म मेरो देश कीन फर्कौ ? मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन् म मर्न सक्दिन शाशक हरुका लागि, म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी, अनि भनत म मेरो देश कीन फर्कौ ? त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन् आमा बाहरु बेसहारा बनिरहेछन् बुद्द सदाझै मौन बसिरहेछन युद्द झन् झन् चर्किरहेछ हिमाल पलपल गरेर पग्लिरहेछ मन झन झन् टाढि रहेछ, अनि भनत म मेरो देश कीन फर्कौ ? सहदेब
Read Full Discussion Thread for this article