Posted by: Ok August 10, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
नागरिक समाजको नेता नम्बर दुई पनि छाँटको छ । कुरा गर्छ योग्यता र सीपको यथोचित कदर हुने वितरणमुखी लोकतन्त्रका, तर आप\mना लागि भाग भन्यो कि यो जीव भुतुक्कै हुन्छ । पाएसम्म सभाको सभापति भाग, त्यो नपाए वक्ता भाग, त्यो पनि नपाए उद्घोषक भाग । अझ त्यो पनि नपाए... । जसरी होस्, आफू मञ्चमा हुनैपर्छ, माइकबाट आप\mनो दिव्य वाणी घन्किनै पर्छ, टेलिभिजनमा आप\mनो छायाछवि देखिनै पर्छ । यो नागरिक समाजभित्रको घोर आत्मकेन्दि्रत राजसी रोग हो । आयो अब नेता नम्बर तीन । यो नेता जुलुसको थालनी हुने थलोमा अघिनै पुगिसक्छ । ब्यानर स्पर्श गर्ने फूर्तिलो प्रथम पुरुष उही हुन्छ । ऊ ब्यानर कठोर गँगटे शैलीमा अँठ्याउँछ । जुलुसमार्ग भरिनै ऊ क्यामेरालाई आप\mनो अनुहार बडो उदारतासाथ प्रदान गरिरहन्छ । जब भाषण गर्ने बेला आउँछ, यो नेताका चेलाचपेटाहरू तलबाट कराउँछन्, श्री उत्तम पुरुष ज्ञानमणिले बोल्नैपर्छ, बोल्नैपर्छ ! थाहा छ, सबै कुरा सोची विचारीकन ट्याकटुक्क प्रायोजित हुन्छ । क्यामेरा आप\mनै, तलबाट सबैलाई उछिनेर भाषणको फर्माइसी गर्ने लड्काहरू आप\mनै । सुनिजान्ने लोक भन्छ, यस टाइपको नागरिक नेता क्यामेराको रिल लगेर दाताछेउ पेस गर्छ । र भन्छ, सर, यो जुलुसको हर्ता, कर्ता, प्रेरक, प्रवर्तक र चालक मै हुँ । लोकतान्त्रिक आन्दोलनमा मेरो लोकपि्रयताको महिमा अपरम्पार छ । यसो भन्छ र ऊ हेमानको थैलो थाप्छ । यो एनजीओ डबलीको डलरमुखी नेता हो । र यो नागरिक समाजभित्रको अर्को संक्रामक रोग हो ।उसो त नेता नम्बर चार पनि कम अजीव छैन । कुरो वानेश्वरको हालैको नागरिक भेलाको हो । एउटा पेसेवर नागरिक समाजको निर्वाचित नेताले गर्धन फुँलाउँदै भेला बहिष्कार गरेछ । विचार र वाक्-सौन्दर्यमा मनग्गे ल्याकत नदेखिएर होला, भाषण गर्ने कोटाभाग निजलाई परेनछ । आफूलाई विशाल प्राज्ञिक समाजको सर्वज्ञ प्राज्ञ ठान्ने सिंहासनप्रेमी यो नेताले बटारिएर घुर्की लगाएछ, म आउँदिन र मेरो प्राज्ञिक परिवार पनि आउँदैन । नभन्दै सभामा निजहजुरको सवारी भएन । आप\mनो बौद्धिक सामथ्र्य, विवेक र विनयशीलताले नचिनिने, केवल पदले चिनिने महारथीहरूको मनोवृत्ति जगतैभरि यस्तै हो । यो नागरिक समाजभित्रको हीनग्रन्थीग्रस्त क्यान्सर रोग हो । नागरिक समाजको पाँचौँ रोगी नेताको नाम हो पटर-पटर नेता । ऊ जब भाषण गर्न उठ्छ, उसले धरती छाडिहाल्छ । रजौटे मनोदशामा ऊ कल्पना गर्छ, म अजिंगर माथि छु, ती भुसुना तल छन् । उत्तम धातुले बनेको म उच्च मानव हुँ, अधम धातुले बनेका तलकाहरू तुच्छ मानव हुन् । मेरो वाणी-प्रवाह सुस्वादु महको दिव्य फोहरा हो, फोहरामा अँजुली थापेर महपान गर्नेहरू मसँग मखलेल छन् । बस्, यस्तो सोच्छ र ऊ पटर-पटर गरिरहन्छ । वाक्क-दिक्क भई सकल श्रोताहरू पिठ फर्काएर छेउकुने संवाद अर्थात् साइड टकमा लीन हुन्छन् । तर आकाश र बतासलाई सुनाउँदै हाम्रो पटर-पटर भने भाषण गरिनै रहन्छ, गरिनै रहन्छ । श्रोताको अपेक्षा, रुचि र मर्यादाको रत्तिभर पर्बाह नगर्ने यो नागरिक नेता दम्भी सामन्ती ख्वामित् हो । र यो पनि नागरिक समाजको लर्तरो रजौटे रोग होइन । क्रमश:
Read Full Discussion Thread for this article