Posted by: Nepe August 10, 2005
SITARA welcome back
Login in to Rate this Post:     0       ?        
शिरीष, गजलको मौसम छ, आँटका फूलहरु फूलिरहेछन् । मलाई पनि एउटा पुरानो फूल- किताबको पाना बिच चेप्टिएर सुकेर बसेको- निकाल्न मन लाग्यो । TC मा B.Sc. गर्दै गर्दा साथीभाईहरुबाट वाहवाही लुट्ने एउटा पुरानो गजल, आँटका कुरा छन् यसमा । मेरो मुटु जाँच्न सकुँ, तिम्रो संग साट्न सकुँ होईन भने कमण्डलु र चिम्टा समात्न सकुँ मेरो मुटु होईन तिम्लाई तिम्रै तस्बीर देखाईदिउँला हनुमानले झै मैले बस् छाती फाट्न सकुँ खोजिदेओ साथी लौन यस्तो एउटा हतियार यी अनिंदा रातहरु एक्लै बसी काट्न सकुँ आज फैसला हुनै पर्छ दुई कुरा मध्ये एउटा कि म तिम्लाई आँट्न सकुँ, कि म आफ्लाई ढाँट्न सकुँ
Read Full Discussion Thread for this article