Posted by: Nepe August 9, 2005
Baburam's Latest Article
Login in to Rate this Post:     0       ?        
नयाँ वानेश्वरको खचाखच आमसभामा प्रमुख संसदवादी दलहरुका नेताहरुको सामुन्ने सामान्य गन्दर्भ गायकदेखि जानेमानेका कविर-कलाकारहरु र प्रतिष्ठित नागरिक प्रतिनिधिहरुले संभवतः नेपाली इतिहासमा पहिलो चोटि त्यो निर्भीक, खुला र स्पष्ट भाषामा राजतन्त्रको उछित्तो काडेको र त्यसलाई उपस्थित जनसमुदायले उत्साहपूर्वक समर्थन गरेको दृश्यको मर्मलाई ठीकसंग आत्मसात गर्न नसक्ने जो कोहीले आफुलाई समसामयिक नेपाली राजनीतिको नेतृत्व पंक्तिमा रहेको वा रहने दावी गर्नै सक्दैन । त्यसरी नै जनसमुदायमको त्यो विशाल सागरले माओवादीर-संसदवादी सहकार्यको आव्हान् र अनुमोदन गरिसक्दा पनि त्यस निम्ति खुट्टा कपाउनेहरुले आफूलाई जनमुखी राजनीतिका पक्षधर भन्ने नैतिक हैसियत राख्नै सक्दैनन् । त्यस्तै विगतमा पटकर-पटक राजाले फालेको कुर्सीको वल्छीमा लोभिएर लोकतान्त्रिक जनआन्दोलनलाई धोका दिने गरेका पार्टी नेताहरुलाई जनसमुदायले अब किमार्थ त्यसो नगर्न गरेको खुला खबरदारीलाई पनि सम्वन्धित पार्टी नेताहरुले गम्भीरतापूर्वक नलिई सुखै छैन । त्यस हिसावले नेपालमा राजतन्त्र र सामन्तवादको पूर्ण उन्मुलन गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नागरिकहरुले सिर्जना गरेको यो जनदवावको ऐतिहासिक महत्व रहेको कुरामा कुनै शंका रहन्न र त्यो जनदवावलाई अन्तिम लक्ष्य प्राप्त नभएसम्म कायम राख्नु सम्वन्धित पक्षको पनि ठूलो दायित्व बनेको छ ।
Read Full Discussion Thread for this article