Posted by: Nepe August 9, 2005
Baburam's Latest Article
Login in to Rate this Post:     0       ?        
Unicode नेपालीमा Bold face का शब्दहरु मेरा लागि आपत्तिजनक । ----- ---- --- नागरिक आन्दोलन र लोकतान्त्रिकरणको प्रश्न बाबुराम भट्टराई गत साउन २१ ग्ते काठमाण्डौको नयाँ बानेश्वरमा सम्पन्न आम नागरिकहरुको विशाल जनसभा नेपाली लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण कोशेढुङ्गा बन्न पुगेको छ । माघ १९ को शाही 'कू' पछि देशमा आयोजित सबभन्दा ठुलो लोकतन्त्र पक्षधर जनसभा भएको नाताले मात्र होइन त्यस सभाले खुला रुपमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा गरेको उद्घोष, संसदवादी र माओवादी पार्टी बीचको सहकार्य निम्ति गरेको अपील र राजनीतिक पार्टीको नेतृत्वलाई राजतन्त्र समक्ष पुनः आत्मसमर्पण नगर्न गरेको खबरदारीले समग्र लोकतान्त्रीकरणको प्रकृयामा नै नयाँ आयाम थपेको र्सवत्र महसुस भएको छ । त्यसैले नागरिक आन्दोलनले उठाएका कतिपय असाध्यै महत्वपूर्ण र सान्दर्भिक प्रश्नहरुलाई सबै लोकतान्त्रिक शक्तिहरु र पार्टीले उत्तिकै गम्भीरतापूर्वक लिएर आफ्नो भूमिका निर्वाह गर्नु जरुरी भएको छ । र्सवप्रथम 'नागरिक समाज' अथवा Civil Society को अवधारणावारे नै केही कुरा गरौं । 'नागरिक समाज' पदावलीको प्रयोग र्सवप्रथम सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको क्रममा बेलायती र फ्रान्सेली चिन्तकहरुद्वारा भएको हो । प्राक्पुँजीवादी विभिन्न सामाजिक, आर्थिक समूहहरुको पहिचान भन्दा वेग्लै मान्छेको व्यक्तिगत पहिचानलाई जोड दिने अवधारणाको रुपमा 'नागरिक समाज' अगाडि आएको हो । त्यसैले त्यो 'व्यक्ति' माथि जोड दिने शास्त्रीय अवधारणालाई जनाउन 'समाज' शव्दको प्रयोग अनुपयुक्त हुन्छ भनेर कतिपयले 'नागरिक समाज' होइन 'नागरिक गण' इत्यादि भन्नु पर्दछ भन्ने तर्क पनि गर्दछन् । जे होस् पछिल्लो चरणमा जर्मन आदर्शवादी दार्शनिक हेगेलले 'नागरिक समाज' लाई 'राजनीतिक समाज' वा राज्य भन्दा पृथक इकाइको रुपमा व्याख्या गरे र मार्क्सवादीहरुले मूलतः हेगेलकै परिभाषालाई सामान्यीकरण गरेर आवश्यकता अनुसार प्रयोग गर्ने गरे । परन्तु प्रत्येक समाज र राज्यको वर्गीय चरित्र हुने र्सार्वभौम सत्यलाई दृष्टिगत गर्दा 'नागरिक' -वा व्यक्ति) र 'राजनैतिक' -वा राज्य) समाजको छुट्टै अस्तित्व र स्वार्थको कुरा गर्नु युक्तिसंगत हुरुदैन र त्यस हिसावले इटालियन मार्क्सवादी ग्राम्स्की र उनका अनुयायी बाहेक अन्य मार्क्सवादीहरुले 'नागरिक समाज' पदावलीको प्रयोग सीमित रुपमा मात्रै गर्ने गर्दछन् । फेरि पनि गत डेढ सय वर्षा समाजवादी क्रान्ति र प्रतिक्रान्तिका अनुभवको आधारमा एककाईसौं शताव्दीमा मार्क्सवाद-लेनिनवाद-माओवादको विज्ञानलाई नयाँ ढंगले रक्षा, प्रयोग र विकास गर्नुपर्ने स्थितिको आलोकमा र नेपालमा राजतन्त्र र सामन्तवादको मूलोच्छेदन गरेर पुरुजिवादी लोकतन्त्रलाई पूर्णता दिनुपर्ने तत्कालीन राजनैतिक कार्यभार सम्पन्न गर्ने सर्न्दर्भमा 'नागरिक' गतिविधिको प्रश्नलाई नजरअन्दाज वा न्यूनीकरण गर्न उपयुक्त हुरुदैन । यी दुवै हिसावले नेपालमा हाल चलिरहेको 'नागरिक' क्रियाशीलता र गतिविधिलाई सबै जिम्मेवार लोकतान्त्रिक शक्तिहरु (दुवै पुँजिवादी र समाजवादी) ले गम्भीरतापूर्वक लिन जरुरी छ ।
Read Full Discussion Thread for this article