Posted by: Ok August 8, 2005
Durga Bishankhe, Kaushila Pokharel, Kala Tiwari & Shusri Duwal
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48203 सेनाको विडम्बनापूर्ण मौनता आइतबार कृष्णज्वाला देवकोटाको 'सेना किन बोल्दैन ?' पढेेपछि आँखा रसायो । अमेरिकी सिनेटर प्याटि्रक लेहीले सिनेटमा गरेको सम्बोधनको कडा र तत्काल प्रतिवाद गर्ने शाही नेपाली सेनाले आफ्नै हिरासतमा मारिएका वा 'आत्महत्या' गरे भनिएका नागरिकको फेहरिस्त सञ्चारमाध्यममार्फत जनसमक्ष पुगिसक्दा पनि अद्वितीय मौनता साध्नु विडम्बना हो । कौशिला पोखरेल र कला तिवारीहरूका स्थिति सम्बन्धमा सेनाले मुख नखोल्नु गैरजिम्मेवारीपन पनि हो । यो मुद्दामा सेना मौन बस्दा तिनीहरू पनि कतै साधुराम देवकोटा र चक्र श्रेष्ठजस्तै 'आत्महत्या' गर्न त पुगेनन् भन्ने आशंका पैदा हुनु अस्वभाविक होइन । 'आतंककारीलाई खाना खुवाएको' आरोपमा रमा अधिकारीहरूका छातीमा गोली ठोकिन्छ, परिवारको कुनै सदस्य माओवादीमा संलग्न भएको बहानामा बाँकी सदस्यलाई यातना दिइन्छ । यसलाई सभ्य समाजले 'शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धता' मान्न सक्दैन । यसलाई 'प्रजातन्त्र र राजमुकुटप्रतिको निष्ठा' मान्न पनि सकिन्न । माओवादीले निर्दोष र निहत्था नागरिकको हत्या गरे, जनमानसमा आतंक फैलाए भनेर त्यसलाई रोक्न, छेक्न र तह लगाउन परिचालित सेनाले पनि तिनै नागरिकमाथि त्यही किसिमको ज्यादती गर्नु कहाँसम्मको न्याय हो ? पक्राउ परिसकेका व्यक्तिमाथि मानवीय व्यवहार गर्दै कानुनसम्मत कारबाही अगाडि बढाउनुपर्ने, गैरन्यायिक कार्य गर्न नहुने जस्ता प्रावधानहरू 'जेनेभा महासन्धि'ले स्पष्ट व्यवस्था गरेको छ । तसर्थ अभिसन्धिमा उल्लेख भएबमोजिम द्वन्द्वका बेला पनि सेना र माओवादी दुवैले नागरिकको बाँच्न पाउने अधिकारको अधिकतम सम्मान गर्दै 'आत्महत्या' र 'सफाया' का नाटकहरू बन्द गर्नुपर्छ । - आर अधिकारी, एस कटुवाल कीर्तिपुर, काठमाडौं
Read Full Discussion Thread for this article