Posted by: Nepe August 7, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48043 [गणतान्त्रिक] सैद्धान्तिक धरातल र आन्दोलन लोकराज बराल . . . . अब के पनि प्रस्ट भइरहेको छ भने परम्परावादी राजतन्त्र एक्काइसौं शताब्दीको चाहना अनुसारको लोकतन्त्रसित समर्पित भई हिँड्न नस्ाक्ने देखिन्छ । अतः समझदारी र सहकार्य खाली राजनीतिक दल र माओवादीबीच मात्र हुनसक्छ, किनभने उनीहरूको समझदारी र सहकार्यमै लोकतान्त्रिक राजनीति चल्नुपर्ने हुन्छ । . . . . . . . .राजनीतिक दल र माओवादीबीचको समझदारीको एउटै कडी जनमुखी लोकतन्त्रको जग बलियो बनाउँदै यसको संवर्द्धन र संरक्षण गर्ने हुनुपर्छ । मावोवादी सोच र गराइमा परिवर्तन आई लोकतन्त्रलाइ वास्तविक रूपमा जनमुखी र प्रगतिशील बनाइनुपर्छ । डा. बाबुराम भट्टराईको अन्तर्वार्ता र प्रचण्डका बेला- बेलाका भनाइले के पुष्टि गर्दै छ भने संसारमा प्रचलित उदारवादी लोकतन्त्रको ग्राह्यता झन् बढी रहेको छ । यो तथ्य कसैले पन्छाउन सक्दैन । माओवादीमा आएको यस्तो परिवर्तनलाई खाली रणनीतिका रूपमा लिएको भन्ने भनाइमा केही सत्यता भए पनि कोरा माओवादी दर्शन र यसको प्रयोग नेपालजस्तो मुलुकमा सम्भव हुनसक्ने आधार पाउन सकिँदैन । यसको परिणाम उनीहरूको सोचमा आएको परिवर्तनमा पाइन्छ । यसलाई लोकतन्त्रको विकासका निमित्त कसरी प्रयोग गर्ने भन्ने मात्रै हो ।. . . . . . . माओवादी प्रतिस्पर्धात्मक राजनीतिमा आउने अठोटले मात्र यो सम्भव छ । अब राजनीतिक दलमा पनि प्रस्ट भनाइ र गराई आउनै पर्?यो । गोलमटोल पारामा या रकमी चालको भाषा बोलेर समस्याबाट भाग्न सकिँदैन । पूर्ण लोकतन्त्रको अर्थ लगाई त्यस्तै भाषामा भइरहेको छ । . . . . . . . अबको बाटो के हुने भन्ने प्रश्न उठेको छ । यसको पहिलो सर्त त लडाइँ स्थगन गरी वार्तामा आउने सहमति हो । यसका निमित्त दुवै पक्षबाट -राजनीतिक र माओवादी) वार्ता टोली गठन गर्ने र वार्ता तय गर्ने । दोस्रो कुरो वार्ता सैद्धान्तिक र रणनीतिक हुनुपर्छ । सैद्धान्तिक आधार आजको टड्कारो खाँंचो हो, किन भने माओवादी र राजीतिक दलको सैद्धान्तिक धरातल अब एउटै हुनुपर्छ । नत्र फेरि पुरानै झगडा उठ्ने सम्भावना रहन्छ । माओवादीले कुनै संकोचबिना उदार लोकतान्त्रिक पद्धति स्वीकारी त्यस अनुसारको सहकार्यमा लाग्नुपर्छ । अब राजनीतिक दलले राजतन्त्रका बारेमा सैद्धान्तिक धारणा प्रस्ट नपारी लोकतन्त्रको कुरा गर्नु निरर्थक हुन्छ । . . . . तर नेपालमा लडाइँ स्थगन गर्नु भनेको अब नयाँ सोच र नयाँ सैद्धान्तिक आधार निर्माण गरी अगाडिको बाटो तय गर्नु हो । माओवादीले दलहरूले चलाएको शान्तिपूर्ण आन्दोलनमा सहकार्य गर्दा लोकतन्त्रको लडाइँले नयाँ उचाइ लिन्छ । . . . अबको लोकतन्त्रको संघर्षले नयाँ सोच र दिशा खोजेको छ । ऐतिहासिक घटना चक्रले पनि अब सबै कुराको निचोड निकालिसकेकाले पूर्ण लोकतन्त्रमा प्रतिबद्ध दलले पुरानै रणनीतिमा रही समय खेर फाल्नुभन्दा प्रस्ट सैद्धान्तिक आधारमा लोकतान्त्रिक संघर्षमा लाग्नु सक्नुपर्छ । यस्ाका निमित्त दलहरूको आफ्नो क्षमता वृद्धि पनि हुनुपर्छ । संघर्षको प्रतिफल टिकाउन त्यहीनुसारको सांगठनिक र सैद्धान्तिक आधार बन्न सक्नु पर्छ । ---
Read Full Discussion Thread for this article