Posted by: Nepe August 7, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48008 - http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48022 एमालेमा विशेष महाधिवेशन माग काठमाडौं, साउन २२ - अखिलका पूर्वनेताहरूले निरंकुश शासन अन्त्यका लागि पार्टी नेतृत्वमा पुनर्गठन गर्नुपर्ने जोड दिँदै विशेष महाधिवेशन बोेलाउन एमालेसँग माग गरेका छन् । ०३६ सालको विद्यार्थी आन्दोलनयता अखिल केन्द्रमा रहेर काम गरेका २ सयभन्दा बढी नेताले पार्टीलाई राजनीतिक तथा सांगठनिक रूपमा स्पष्ट र एकताबद्ध पार्न महाधिवेशन आवश्यक भएको ठहर गरेका हुन् । पूर्वअखिलको काउन्सिल निर्माण गर्न शनिबार पुल्चोक क्याम्पसमा भेला भएका पूर्वविद्यार्थी नेताहरूले विगतमा दलहरूबाट भएका कमीकमजोरीको तीव्र आलोचना गरेका थिए । विगत क्रियाकलापको आत्मालोचना र पार्टीपंक्ति सबै तहमा व्यापक पुनर्गठनका लागि दबाब दिने उद्देश्यले सुरु भएको उक्त अभियानलाई पार्टी नेतृत्वले भने आफ्नो प्रतिकूल हुन नदिने प्रयास गरेको छ । केहीदिन अघि बसेको स्थायी कमिटीको बैठकले काउन्सिल स्थापनाको बाटो खोल्दै त्यसको समन्वय गर्न विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । युवाहरूले भने पुरानो पुस्ताको नेतृत्वबाट लोकतान्त्रिक आन्दोलन सफल बनाउन नसकिने बताउँदै आएका छन् । पूर्वविद्यार्थी नेताहरूले एमालेको भूमिका क्रमशः कमजोर हुँदै गएकाले अहिले पर्याप्त संगठन, जनमत र कार्यकर्तापंक्ति हुँदाहुँदै पनि प्रजातान्त्रिक आन्दोलनको मुख्य शक्तिका रूपमा प्रस्तुत हुन नसकेको अरोप लगाएका छन् । उनीहरूले विगतमा पार्टीका विभिन्न निर्णयहरूमा असहमत भएर पार्टीबाट बाहिरिएका, किनारा लगाइएका वा सक्रिय हुन नसकेका जोसुकैका लागि ती मतभेदमा पुनर्विचारको ढोका खुलेको बताएका छन् । पार्टीभित्र छलफल र बहसमा सामेल हुँदै निरंकुशता विरोधी आन्दोलनमा बिनासर्त सक्रिय हुन पनि उनीहरूले आह्वान गरेका छन् । नेपाली कांग्रेसको आसन्न महाधिवेशनका सन्दर्भमा सिंगो इतिहासको गम्भीर समीक्षा गर्न र आफूलाई वास्तबिक जनपक्षीय प्रजातान्त्रिक शक्तिकारूपमा प्रस्तुत गर्न पनि उनीहरूले अपिल गरेका छन् ।
Read Full Discussion Thread for this article