Posted by: Nepe August 7, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
नयाँप्रयोगी बन्धु आज्ञा गर्नुहुन्छ: कांग्रेस गणको सिंहासनमा गिरिजासुर विराजमान भएसम्म ध्रुविकरणले किम्मार्थ रफ्तार लिन सक्ने छैन। चिरंजीवि आशिर्वाद नपाएको गिरिजासुरलाई सिंहासनबाट घोक्रेठ्याक लगाउने बहादुरी न गगनमा भेटियो, न त नरहरी र रामचन्द्रमै । उता एमाले गणमा माधवासुरको सिंहासन पनि टसको मस हुन सकेन। . . .यो भुसको थैलो एकपटक यति विधी आजित भयो कि गिरिजासुरलाई कालले टिपेर नलैजाँदा सम्म लोकतन्त्रको राग अलाप्नुको कुनै औचित्य नहुने घोषणा समेत गरिदियो। काँग्रेस र एमालेको वैचारिक, सांगठनिक र जुझारुगत लोकतान्त्रिकरणको लागि दबाब दल भित्र र बाहिरबाट कसरी आईरहेको छ भन्ने दृष्टान्त दिन हेतु म तल दुई समाचार र एक लेख टाँस्दैछु । आशा छ, नयाँप्रयोगी बन्धुले उनको निराशाजनक टिप्पणीमाथि पुनर्विचार गर्नेछन् । कांग्रेसलाई विधानबाट राजतन्त्र झिक्न सुझाव - http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48003 काठमाडौं, साउन २२ - बुद्धिजीवीहरूले राजनीतिक अनुभवबाट लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने सिद्ध भइसकेको उल्लेख गर्दै कांग्रेसलाई विधानबाट संवैधानिक राजतन्त्र झिक्न आग्रह गरेका छन् । कांग्रेसद्वारा आगामी महाधिवेशनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमबारे सुझाव लिन शनिबार आयोजित अन्तक्रिर्यामा प्रजातन्त्रवादी बुद्धिजीवीहरूले पार्टीले राजतन्त्रका सवालमा ठोस निर्णय नगरे मुलुक अतिवादीको हातमा पुग्ने चिन्ता व्यक्त गरेका थिए । कांग्रेसको नीति तथा कार्यक्रमले शनिबारदेखि प्राध्यापक, कानुन व्यवसायी, पत्रकार, मानव अधिकारवादीलगायतका पेसागत संगठनका प्रतिनिधिहरूसँग सुझाव लिने क्रम सुरु गरेको हो । अन्तक्रिर्यामा पार्टी महामन्त्री सुशील कोइराला, नीति तथा कार्यक्रम विभाग प्रमुख रामचन्द्र पौडेल, प्रवक्ता अर्जुननरसिंह केसी र केन्द्रीय सदस्यद्वय महेश आचार्य र करिब ५० बुद्धिजीवी सहभागी थिए । प्राध्यापकहरू नवीनप्रकाशजंग शाह, कृष्ण खनाल, लोकराज बरालले नागरिक समाज र आम कार्यकर्ताको भावनालाई आत्मसात गरी विधानबाट संवैधानिक राजतन्त्र हटाउनुपर्ने धारणा व्यक्त गरेका थिए । 'कांग्रेसले जनता र नागरिक समाजको भावना बुझ्नुपर्छ । अहिले नै गणतन्त्रमा जाने निर्णय नगर्ने हो भने पनि कम्तीमा आगामी महाधिवेशनबाट पार्टीले विधानबाट संवैधानिक राजतन्त्र झिक्नुपर्छ । त्यसले आन्दोलनबाटै राजतन्त्रबारे निर्णय गर्ने बाटो खोल्छ,' प्राध्यापक खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।
Read Full Discussion Thread for this article