Posted by: newuser August 7, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
शिब बुटीको असीम आनन्दमयी यात्रातल मा शयररत सन्यासी महाराज, समयको पावन्दीका बीच फेरी केहि तर्क वितर्कको याचना गर्ने धृष्टता गर्दैछ यो अज्ञानी भुसको थैलोले। स्वामिजी साझाको चिन्तनको श्लेषमान्तकमा विचरण गर्न थालेको कति मास विते पत्तो पाइन परन्तु यो भुसको थैलोले नेपाललोकमा विष्णु अवतारको खोल ओढेको मधु कटैबको संयुक्त रौद्ररुपले नारायणहिटीबाट खुट्टा फैलाएर सिं?हदरबार सम्म आसन जमाएको दिन देखिनै दैंत्य र देवगणको अन्तिम युद्धको विभिषिका छेंड्न घोर याचना गरिरहेको छ। शुरुमा यो भुस पनि सन्यासी महाराजले भने जस्तै तिव्र ध्रुविकरणको सम्भावनाबाट साह्रै उत्साहित भएको थियो । किन्तु राजनीतिको कपर्दी खेलको सिद्धान्त अभियन्ताहरुले पुस्तकमा पढ्ने गरेको भौतिकी र गणित जस्तो साध्यसिद्ध यथार्थ भन्दा भिन्न हुँदो रहेछ भन्ने कटुसत्य वोध भएपछि यो भुसको थैलो अलि हच्किएको छ। यसको बिचारमा कांग्रेस गणको सिंहासनमा गिरिजासुर विराजमान भएसम्म ध्रुविकरणले किम्मार्थ रफ्तार लिन सक्ने छैन। चिरंजीवि आशिर्वाद नपाएको गिरिजासुरलाई सिंहासनबाट घोक्रेठ्याक लगाउने बहादुरी न गगनमा भेटियो, न त नरहरी र रामचन्द्रमै । उता एमाले गणमा माधवासुरको सिंहासन पनि टसको मस हुन सकेन। त्यसैले दैत्य दहनको शिव यज्ञ झण्डै झण्डै स्थिर अवस्थामा रहेको छ ? जे जस्ता भीमकाय दावी र रुमानी कल्पनाहरु गरिएको भएपनि। यो भुसको थैलो एकपटक यति विधी आजित भयो कि गिरिजासुरलाई कालले टिपेर नलैजाँदा सम्म लोकतन्त्रको राग अलाप्नुको कुनै औचित्य नहुने घोषणा समेत गरिदियो। तर हेर्दा हेर्दै मधुकैटब एकाकार दैंत्यरुपले तान्डब नृत्य देखाउँदै समस्त लोकजनहरुमा माथी क्रमश दानवतन्त्र लादेर असुरराज्य स्थापनाको संघारमै पुग्न लागिसक्यो। अब चाँडैनै यस्तो घोर भयंङ्कर विष्मयकारी दानबलाई पराजित गर्न सकिएन भने यो झन बलशाली हुने र दशौं बर्षसम्म असुर राज्यको पीडा भोग्नुपर्ने टड्कारो खतरा आइपरेकोले सबभन्दा पहिला सबभन्दा खतरनाक दैंत्यको मर्दन गर्नुपर्ने बेला आएको छ। फेरी पुराणका पालाका कुरा हेर्नुहुन्छ भने पनि यस्ता दानबहरु सदाका लागि निमिट्यान्न हुँदै हुन्नन। महिषासुर म-यो, मधुकैटब आए, उनिहरु मरे कंस आयो, रावण आयो। यसरी लोकले दैंत्यबाट कहिल्यै छुटकारा पाएकै छैन र यो सम्भावना रहन्न। तत्काल सबभन्दा बढि विष्मयकारी को छ त्यसैको दहन नगरी लोकको हीत गर्न कठीन छ स्वामिजी। ध्रुविकरण होला र शिब यज्ञ गरौंला भन्दा भन्दै हाम्रो पुस्ताले यो संसारको जुनी त्याग गर्नुप-यो भने सन्ततीले के भन्लान। लौन स्वामिजी अब जति चाँडो लाएपुए सम्मको ध्रुविकरण गराएर शिब यज्ञ गरिहाल्ने उपाए के होला विस्तारपूर्वक वर्णन गरिदिनुहोला। यस्तो उपायको बर्णन हजार जीब्रा भएका हाम्रा नेताहरुले गर्न सकेनन म बबुरो भुसको थैलोले के गरौंला । तै मोक्ष प्राप्तीको नगिचै पुग्नुभएका सन्यासी महाराजबाट कुनै ब्रह्मज्ञानको प्रष्फुटन हुन्छ कि ? म पुष्पगुच्छा लिएर महात्माको बर्णन गर्न पर्खिरह्या।
Read Full Discussion Thread for this article