Posted by: Ok August 5, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
अब १ घन्टा सम्म काहा जाने भनेर यताउता घुम्म थालौँ। बेलुका घर पुग्न रात पर्ने हो कि भनेर दुबैजना अतालियौँ। तर पनि पर्खिनु बाहेक हामी के नै गर्न सक्थेउँ र? तीनबजे तिर हामी फेरी बालमन्दिर गयौँ। त्यहाँ त बिभिन्न बिद्यालयका बिद्यार्थीहरु मात्र थिए। साँढे तीन हुन लागिसक्यो, आयोजकहरुको नाम निशान देखिएन। सबै बिद्यार्थीहरु घर कसरी पुग्ने भन्ने पीरमा थिए। हामीलाई पनि ढिलो भयो भने के गर्ने होला भनेर छटपटी भयो। एकमनले त निबन्ध छोडेर फर्केर जाँउ जस्तो पनि लाग्यो। तर पनि फेरी हेडसरले के भन्नु हुने हो भनेर फर्किने हिम्मत पनि आएन। बल्लबल्ल ४ बजे तिर आयोजकहरु आए र निबन्ध प्रतियोगिता शुरु भो। "घर पुग्न रात पर्छ, जति सको चाँडो लेखेर निस्कौँ है!" भनेर प्रतियोगितामा बस्यौँ। बेलुका घर कसरी पुग्ने भन्ने चिन्ता थियो, निबन्ध कसरी राम्रो बनाउने भन्ने कुरा त काहाँ दिमागमा खेल्नु र? नभन्दै हिँजो हामीले अनुमान गरेको नै शिर्षक थियो निबन्धको। कण्ठ पारेको लेख्न कति नै बेर लाग्थ्यो र? आधाघन्टा भित्र त लेखिसकेर हामी बाहिर निस्किउँ। घाम त डाडाँमाथि पुगिसकेछन्। "ल मञ्जु, छिटोछिटो कुद्नु पर्छ। घर पुग्न रात पर्छ" भनेर हतार हतार बाटो लागिउँ। बिचारा मञ्जु कुद्न नसक्ने, फेरी अहिले नै रात परिसक्यो। निकै अतालिइन्। "ओम दाई, घर पुग्न त सकिन्न। फेरी जँगलको बाटो छ। डर लाग्छ। यता कतै बास बस्न पाईँदैन र एकरातलाई। बाबाले दिएको २०० रुपियाँले बस्न पुग्दैन र?" मञ्जुले घर जाने आँट गरिनन्। मलाई पनि घर पुग्न सकिन्छ जस्तो त लागेको थिएन तर पनि केहि उपाय नभए पछि त के गर्नु र? भनेर मात्र जाने कुरा गरेको थिएँ। "यताउता बुझौँ है त!" भनेर बजारमा रहेका सस्ता होटलहरु सोध्न लागेउँ। साझाल्यान्ड, २१ श्रावण, २०६२
Read Full Discussion Thread for this article