Posted by: Nepe August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
'कसलाई के धन्दा, कसलाई के धन्दा, घरज्वाँईलाई खानको धन्दा', यस्तो मजाले गईरहेको यज्ञकथाबाट ध्यान तान्न आम्छन् नाना भाँतीका छम्डाहरु । ल म बसें आसनमा एकछिन । *** *** *** सर्वप्रथम, अहिले सम्म विभिन्न यज्ञपुजकहरुद्वारा वाचिएका यज्ञमहिमाहरुको सानो मन्थन गर्ने मनसुबा भो मलाई र यो मन्थन निवेदन गर्दैछु । विभिन्न सन्यासी बन्धुका दृष्टि, दृष्टान्त, भाषा र बिम्बमा विविधता देखिए पनि सारमा भने एकत्व देख्छु म ता । अन्तिम अनुष्ठानको प्रश्न मात्रमा होईन, बरु यसको विधिमा समेत । साधुगण, एक पल्ट ध्यान दृष्टि लगाएर हेरौं त । हामीले यस्तो हुनुपर्छ, उस्तो हुनु पर्छ (should be) भन्ने शब्दाबली प्रयोग गरे पनि वास्तवमा हामी अब के होला (will be) भनेर speculation मात्र गरिरहेका हम् । किनभने हामी सबैलाई थाहा छ यज्ञले यस्तो दिशा पकडिसक्यो, अब त्यसलाई बङ्ग्याउन, हामी एक एक साधु लगायत, हालका कुनै पनि व्यक्ति वा संगठित शक्तिले सक्दैन । हालका व्यक्ति वा संगठित शक्तिहरुले प्रभाव पार्न सक्ने, यदि चाहे नै भने, भनेको यज्ञको गति (speed) मात्र हो, दिशा (direction) होईन । यज्ञ अब भएरै छाड्छ । यत्ति हो, हामी मध्ये कसै कसैलाई भय भएको लघु-यज्ञ, उपयज्ञ, प्रतियज्ञ, अपूर्णयज्ञ पनि हुन भने सक्छ, पीठहरुको आन्तरिक र वाह्य गतिमयता हेरी हेरी । तर चिन्ताको विषय के छ ? भई नै हाले भने पनि के यस्ता अपूर्ण यज्ञ सनातन चल्न सक्छ ? हप्ता, महिना र वर्ष पछि त फेरि यज्ञले आफ्नो दिशा पकडिहाल्नेछ । अब यी संभावित अपयज्ञको कुरा गरम । हामी तिब्र राजनैतिक विकासको यस्तो गति (speed) मा छौं, अपयज्ञ हुनै लाग्यो भने पनि त्यसलाई रोक्न भने कोहि समर्थ हुने छैन, गर्न सक्ने भनेको विरोध मात्रै हो । नेपेले कतै भाग्यवादी कुरा त ग-या होईन भनि ठानिएला । अहँ होईन, मैले त कुन कुरा गर्न सकिन्छ, कुन कुरा गर्न सकिदैन भनेर खुट्ट्याउन खोज्या हो । म मान्छे भाग्यवादी होईन, ईच्छावादी हुँ । ईच्छा गर्नु पर्छ, सकिने कुरा गर्न सकिन्छ । त्यो वादी हुँ म ।
Read Full Discussion Thread for this article