Posted by: shree5 August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
हे दादा मठका गिरी, हे प्रात:स्तुत्य दादागिरी, जसरी गिरीश्वरले यस मण्डपमा विराजमान भईकन समय समयमा शिब गाथाको जय जकार गरि रहनु भएको छ प्रभो, मलाई त बाबा भोले नाथकै दर्शन पाए सरह भयो, हर्षले प्रफुल्लित भइकन गिरीश्वर लाई प्रणाम गर्दछु, जय गिरीश्वर। हे भन्ते दीप ज्यू, हजुरले वर्णन गर्नु भएको माटो घसेको कारण पनि सविस्तार गर्दछु, अबको हामी सकल शिब-भक्ती सन्यासीले धारण गर्नै भष्म विभूति त हामीले शास्त्रार्थ गर्दै गरेको महान शिब-यज्ञ को समापन पछि सोही अग्निकुण्डबाट लिएर प्रसाद स्वरुप ग्रहण गर्ने हो। सभामा पाल्दिनु भईकन रामभक्त हनुमानजीको सन्देश प्रवाह गरिदिनु भयो, दीप प्रभोलाई सकल शिब-भक्त सन्यासीगणको राम राम । गिरीश्वरको दादागिरीका आज्ञा मुताबिक अब यस महान् शिब यज्ञमा अनुशासनको बारेमा सबिस्तार गर्दछु प्रभो, यस ज्ञानोन्मुख विद्यार्थीले कथम् तुच्छ कोटीका विचार प्रकट गरेमा गिरीश्वरले माफ गर्नु हुने नै छ। गिरिवर, प्रकृतिको नियति नै यस्तो रहेको छ कि यज्ञ पश्चात ती जनहरु नै राजपाटमा पुग्दा रहेछन् जसले पूर्वाद्धमा "सफल" शिब-यज्ञको आव्हान गरेका हुन्छन् । हाम्रो प्रसंगमा हिमवतखण्डे, पुण्यभूमि कैलाश पर्वतद्वारा रक्षित, परम त्रैलोक्यनाथ शिब-शंकरका लटाबाट बहिकन भागीरथी गंगाजी द्वारा सिञ्चित, समस्त ऋषि मुनी को तपोभूमि नेपाल नामक देशमा गान्धर्व शासित शिब-राज्य स्थापनार्थ गरिने शिब-यज्ञको हो प्रभो । तर दुर्भाग्यवश अहिले जसको रुद्री कार्यायोजनानुसार यो शिब-यज्ञको आव्हान भएको छ, ती दुष्टहरु मार्क्शमुनि दिक्षित माओवंशी असुरहरु हुन जसले शिब-यज्ञपश्चात पनि अबिरल युद्ध जारी राखेर शिब-राज्य पनि ध्वस्त गरिकन आसुरी राज्य स्थापना गर्ने लक्ष राखेका छन्, र यीनिहरु नै हरेक प्रकारका युद्ध कलामा सर्वोत्कृष्ट जो छन्। यी एक ध्रुब भए। अर्को ध्रुबमा शाहीबंशी दैत्य हरु छन्, जसले अहिले राजभोग गर्दा छन्। र अर्को ध्रुब जो छ, कथनमा त यो सकल शिब-मार्गी हरुको प्रतिनिधि हो तर यथार्थमा यिनीहरुको हरेक तहको नेतृत्वमा साधुको छद्मभेषमा राक्षस योनीबाट जन्म लिएका असुरहरु नै छन्। चाणक्य-कलामा यी धूर्त पापीहरु महा निपूण छन् तथा इतिहासमा पटक पटक यिनीहरुले शाहीवंशीको हीत रक्षार्थ हरेक रुद्री, यज्ञ हरुको बध गरेका छन्।
Read Full Discussion Thread for this article