Posted by: Deep August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
लघु काल अघि बिश्वरुपबाट राम मन्दिर तिर एक सन्ध्या म लगायतका केहि भोगिहरु शिब बन्दनामा लिप्त हुँदै उनै चराचर जगतका स्वामीले समयलाई स्थिर गरी रचेका बालाहरुको मार्गमा दर्शन हुनासाथ नि:सङ्कोच स्वस्ति गायन गर्दै ओर्लदा थिएम्। यत्तिकैमा म मार्गको बायाँ तर्फ हनुमानका क्षीण सन्ततिका आखेटमा नपर्ने गरी लघु शङ्का निबारण गर्न भनि लाग्दो भएँ। त्यहाँ केही पर छायाँ झै देखिने तर धुवाँ उडाउँदो आकृति देखी के रहेछ भन्ने जिज्ञासा भइ नजिक पुगि हेर्दा जिउ भरी माटो दलेको, एक हातमा चिलिम अर्कोमा खै के मुठ्ठि पारेको, आँखा खुलै तर निन्द्रामा झैं देखिने, छालाको झोलामाथि बसेर शिबस्तोत्र पाठ गरेको देखि आफ्नै ग्याङ्गको ब्याङ्ग हो कि झै लागि नाना उपचार बिधिले अभिबादन गर्दो भएँ। तहाँ ऊप्रान्त शिब भक्तको नजर आफु माथि परेकि देखी, पर्भो, देब, राक्षेस, यक्ष, गन्धर्व, किन्नर हो कि को हो भनी सोध्दा आफु श्री ५ भएको दाबी भो. शिबजीले त जिउ भरी खरानि दल्ने गर्या हो, श्री ५ परभो ले त माटो दल्या देख्छु के कारनले हो यो भक्त पर्जालाई ज्ञान दिई उद्धार होस भनि बिन्ति गर्दो भएँ। तेस पछि आँखा चिम्लेर चिलिमै समेत सुईक्याई दिने हो कि झै गरि चिलीमे अग्निलाई लाल लाल गरि "अघि माडदै, गुल्ट्याउदै गर्दा सन्तुलन बिग्रेर आफैँ गुल्टिन जाँदा बस्त्रमा माटो लाग्या हो...यस्तो त भै रन्छ...ल भन्दै श्री ५ ले आफु "दिनभरि साझामा रात भरी गाँजामा रम्ने गरेको जाहेर हुँदै बाँकी केहि प्रश्न भए दिनमा उतै साझामा आउने र आउदा माडदै आउने आदेशानुसार श्री ५ को सेवामा उपस्थित भएँ परभो। आउदा आउदै प्रश्न चैं बिर्सें, माडने धुन मा।
Read Full Discussion Thread for this article