Posted by: shree5 August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
यो सन्यासीका विचारमा त अहिलेको अवस्था बल्ल त्यो अवसरवाद र उचित ध्रुबीकरण को सिमान्त (threshold) मा पदार्पण गर्दै छ मुनिवर। यथास्थिति कै क्रान्तिले त तिनीहरुकै अभिष्ट मात्रै पुरा गर्दछ, हे मुनिवर । त्यसैले अझ मन्थन हुनु पर्नै अवस्था छ, र यसको लागि हालका गान्धर्वीय मठहरुको दहन प्रथम आवश्कता हो किनकि प्रथम कारण सकल लोकलाई यिनीहरुले भ्रममा राखेका छन्, यिनका नेतृत्व कुश, तील, बेल-पत्र ले गंगा जलमा स्नान गरेर, निर्वाचन, महाधिवेधन गरेर पनि शुद्ध हुँदैन, त्यस्तो हुन नदिन यिनीहरुले स्नान (निर्वाचन, महाधिवेधन) पूर्व नै कुश, तील, बेल-पत्र, गंगा जल सबैमा आफ्ना कुटील यन्त्र मन्त्र तन्त्र प्रयोग गरिकन अशुद्ध पारिदिन्छन्, अनि जति स्नाना गरे पनि यीनका आसुरी प्रवृत्तिमा केही कमी आउन पाउँदैन मुनिवर। र दोस्रो कारण सकल गणहरुमा यिनीहरू नै सबभन्दा कमजोर छन्। सापेक्षिक रुपमा माओवंशी र शाहीवंशी भन्दा यिनीहरुको दहन गर्न सहज छ, र हुनु पनि पर्दछ। यिनीहरुको दहन पश्चात यिनीहरुकहाँ भएका सकल शिब-भक्तीहरु ले सच्चा शिबमार्गी ध्रुब (मठहरु त एक भन्दा बढी पनि हुन सक्छन) स्थापना गर्ने पुनीत कार्यलाई मार्ग प्रशस्त हुन्छ, जसमा सकल नर-नारी र माओवंशी, शाहीवंशी असुर गणमा सम्बद्ध समस्त शिब-मार्गीहरु पनि आबद्ध हुन आउनेछन भने निकास खोज्दै अर्को ध्रुबमा गान्धर्व गणका राक्षस योनिका समस्त दुर्जनहरु लगायत अन्यान्य असुरहरु ध्रुबीकृत हुन पुग्ने छन्। र अहिलेको अवस्थामा नै यो ध्रुबीकरण, मन्थनको प्रकिया शुरु भैसकेको छ र यसको एउटा सुखद पक्ष के पनि हो भने अहिले हिंसा रोकिएको छ, शिब-मार्गी हरुलाई प्रताडित गर्ने कार्य कम भएको छ, यो पनि ध्रुबीकरणकै देन हो मुनिवर । अनि हाम्रो तपस्याका प्रतापले परम भोले बाबा भगवान शिवजीले रौद्र रुप धारण गरिकन त्रि-नेत्र प्रहार गरि दिनु हुनेछ, सारा दानव गणको विनाश गरि दिनु हुनेछ र सकल मानव, चराचर लोक जगत चिर काल सम्म आनन्दपुर्वक वाँच्ने छन् । अहिले लाई उपयुक्त कार्य त हामी समस्त सन्यासी, प्रवासी, मुगलान बासी हरुले माता पार्वती सति देवीको पूजा, अर्चना, तपस्या गरिकन माताले दिएको श्राप फिर्ता गर्नको लागि र यो देव - दानवगण को ध्रुविकरण, समुद्र मन्थन को तीव्रीकरण को याचना गर्नु नै होला । मुनिवरको आज्ञा शिरोपर । जय भोले नाथ, पशुपति, कैलाशपति की माडम्, गुल्ट्याम् (Keep rolling...)
Read Full Discussion Thread for this article