Posted by: shree5 August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
हे ब्रम्हज्ञानी सरस्वती-सिद्ध ओके मुनि, यस मण्डपमा हस्तकष्ट (पाउकष्ट???) गरि दिनु भो, हामी सकल योगी, सन्यासी हरु हर्षविभोर छौ, हे सिद्धहस्त । पुष्पपुरी (matrixrose) तथा गुप्तेश्वर (cryptonite) विद्वतजन ले यस मण्डपमा पदार्पण गरिदिनु भो, विदूर-विदूषीको म चरणस्पर्श गर्दै आशिर्वचनको याचना गर्दछु् । हे उच्च पंखी (high fly) मान्यबर, प्रभोले "जय शम्भु" जस्तो पुनित शिब-मन्त्र श्लोक वाचन गर्दै अभिवादन गरिकन मण्डपमा पाल्नु भो, हे उच्च पंखी साधु महाराज ज्यू, म हर्षले ओतप्रोत भएँ। यस मण्डपको विषयमा सिद्धहस्त ओके मुनिका चरणकमलमा मेरा केही याचनाहरु अर्पण गर्न पाऊँ । यो ज्ञानोन्मुखी सन्यासीलाई मुनिले यस्तै दीक्षा अनन्तकाल सम्म प्रदान गरि नै रहनु हुनेछ भन्ने स्तुति पनि गर्दछु । मुनिवर, वर्तमान अवस्था मा जुन र जति ध्रुबीकरण भएको छ, मुनिको आज्ञानुसार यो नै पूर्ण छ भन्ने बुझें मैले त। त्यो, मेरो द्रृष्टीकोणमा, भने यदि सफल र अटल शिब-यज्ञ गर्ने हो भने बल्ल शुरुआत हो । मूलत: किनभने प्रथम कारण, महाशिब-यज्ञ पश्चात राजपाट का भागिदार हुने सदृष्य जन हरु जे जति छन्, ती सबै स्वामी नेपे महाराजले आज्ञा गर्नु भए झैं राक्षस योनिका जनहरु हुन । शिब-सेनाको नेतृत्वमा, सारथीहरुसमेत, जे जति छन्, सबै आसुरी प्रवृत्तिका छन्। यस्तो अवस्थामा देवासुर सँग्राम भयो भने पनि त देव गणले अन्तिम विजय प्राप्त गर्ने संभावना नै कम छ। यी धोकेबाजहरुले कुनै पनि बेला यज्ञ-पतन गर्नै सम्भावना छ मुनिवर। दोस्रो कारण, फेरि अहिले नै त अझै पनि अ-गान्धर्वीय मठहरुमा पनि थुप्रै संख्यामा सच्चा शिब भक्ती हरु, साधु सन्यासीहरु रहैदा छन्। जस्तै शाहीवंशी असुरहरुमा पनि यथेष्ट शिब भक्तीहरु रहँदा छन्। तेस्रो कारण, कुन अर्थमा भने अहिले जुन नारा, मन्त्र (banner, theme) मा देवगण समाहित हुने रुद्री कार्ययोजना छ, जस्तो संविधान सभा प्रभृत्ति, त्यसको समस्त श्रेय युद्धपश्चात मार्क्शमुनि-दीक्षित माओवंशी चन्ड, मुन्ड, प्रचण्डादि असुरहरुले लिने अवश्यम्भावी छ यद्यपि माओवंशी असुरहरुमा पनि बाबुराम प्रभृत्ति धेरै शिब भक्तीहरु पनि रहँदा छन्। यो ध्रुबीकरणको प्रक्रिया नै यस्तो छ कि मुनिवर यसले उच्च वेगधारण नगरेसम्म सकल नर -नारीगण, योगीगण, सन्यासीहरु "अवसरवाद" कहलिने भयले यसमा समाहित भै-सक्दैनन्।
Read Full Discussion Thread for this article