Posted by: Ok August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
हैन यो साझा मण्डलिय ज्ञानको भन्डारमा विराजमान ब्रम्हा, बिष्णु, शिबादिका अनुकम्पाले यो अबुझ लोकगणको घैँटोमा सूर्यनारायणको पारिलो किरणसँगै जननी जन्मभूमिमा मञ्चनरत देव-असुरविचको रणसँग्राम गाथा श्रवण गर्न पाउँदा नतमस्तक भएको छ। सहस्रलोकगणको नजरमा अबउप्रान्त नेपालनामक राज्यमा दोदिशामात्र जिवित छन्। यस मर्त्यलोकमा सर्वरूपेण सफलतम् उच्च मानविय चेतनामुलक लोकजनमुखि लोकतान्त्रिक दिशा र मृततुल्य पुरातन-सनातनबादी पटमुर्खहरुको झुण्डका विपरितार्थी दिशाहरु बिचमा तिब्ररुपेण ध्रुबिकरणको यो तरल समयाबधिमा साझाभूमिमा विचरित ज्ञानका ज्ञाताहरु सहित समस्तलोक बिचका क्रियाप्रतिक्रियाको मन्थनबाट नेपालआमाको भाविजीवनका सु-ब्यबस्थित शाषणप्रणालीका रेखाहरु कोरिनेछन् भन्ने महान् आसा राखेको छ, यो गोबरको गुईँठोले पनि। समस्त नेपाली बन्धुबान्धव र नरनारीहरुले, खुनैखुनले लतपतिएका राक्षसका क्रुर पञ्जाबाट नेपाल आमालाई सदासर्बदा मोक्षदिलाउनका खातिर, मानबिय चेतनाको बेगरुपि ज्बालामूखी संगै निकटभबिश्यमै सफलताको चुचुरो चुमेको हेर्न नेपाली गगन कौसुहलता पूर्वक प्रतिक्षारत भईसकेको आभास यो पटमूर्खलाई पनि भैसकेको छ। आजको जल्दोबल्दो आवस्यकता भनेको झिनामसिना चोरहरु जस्तै: गिरिजेचोर, माधेचोर, प्रचण्डेचोरहरुलाई थाँतिराख्दै सबभन्दा भयंकर अजिंगर चोर ज्ञानेचोर र उस्का भरौटेहरुलाई नेपाली माटोबाट सदासदाका लागि बिदा गर्नु नै हो। तसर्थ, हे लोकगण हो, आ?-आफ्ना बुद्दि-बिबेक, तागत???-लागत, ज्ञान-सीप, साम?-दाम, दण्ड-भेद, जोजस्सँग जे जे छ, तिनै हतियारले सु-सज्जित भई लोकतान्त्रिक आन्दोलनको महासागरमा होमियौँ। नेपाल माताकी जय !!! --- ओके
Read Full Discussion Thread for this article