Posted by: shree5 August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
हे विद्वान, नव प्रयोगी, योगी महाराज, शिब बुटीको असीम आनन्दमयी यात्रातल मा शयररत यो सन्यासी लाई योगी महाराज का ती मधुर मार्ग दर्शन को रसास्वादन गर्ने सौभाग्य प्राप्त भो, म अति धन्य भएँ । तथापि, अझै केही सन्देह रहन गएकोले शास्त्रार्था हेतू योगी महाराजका चरणमा केही प्रसंग हरु याचना गर्न पाऊँ । स्वामी महाराज नेपे ज्यू लाई निवेदन गरेका केही कुरा म पुन: उल्लेख गर्दछु, हे भन्ते । " ----यस्ता राजनैतिक आन्दोलन, क्रान्ति आदि को सनातन परम्परा के रहँदै आएको छ भने जसको आव्हान र मूल नारामा यी क्रृयाहरु, यज्ञहरु सम्पन्न गरिन्छन्, पश्चातमा यीनै राजपाट को भागिदार हुन्छन् । जस्तो, २०४६ बिक्रमाब्द मा पनि नेपाली काँग्रेस नामक मठले "संबैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र " को श्लोक वाचन गरे, कम्युनिश्ट मठले आफ्नो स्पश्ट स्त्रोत देखाउन नसक्दा भए, ढुलीमुली गर्दा भए । मुख्य कुरा त्यहाँ उपरोक्त लघु-यज्ञ काँग्रेस मठले भने जस्तै गरिकन समापन हुन पुग्यो । --यद्यपि साँख्यिक रुपमा उक्त लघु-यज्ञ पूर्व काँग्रेस मठका अनुचरहरु कम्युनिश्ट मठका अनुचरहरु भन्दा कम नै थिए र दुबै मठका अनुचर हरु पन्च अनुचरहरु भन्दा धेरै कम थिए । -- तर प्रथम आम निर्वाचनमा काँग्रेसीहरु निकै भारी भए । किन भए भने यो लघु-यज्ञ काँग्रेस मठको योजनानुसार, केही तल माथि नपरिकन, नै सम्पन्न हुन पुग्यो । यस्ता उदाहरण हरु विश्वका अन्य पीठहरुमा, जस्तो पूर्वी यूरोपिय लोकहरुमा, पनि यथेश्ट द्रृश्टीगोचर हुन्छ । लोक तन्त्रका प्रक्रियाहरु पालन गर्दा, जस्तो निर्वाचन गर्दा, लोक को भाव-शक्ति (म्लेच्छ भाषामा sentiment) वेदान्त को सैद्धान्तिक (theoretical rheotoric) अलौकिक शक्ति भन्दा धेरै प्रभावशाली हुँदो रहेछ । र त्यस प्रकारको लोक को भाव-शक्ति जुन आव्हान कर्ता को नारा, स्त्रोत सफलिभूत हुन्छ, त्यसैमा समाहित हुन्छ । संबिधान सभाको चुनाब र त्यस पश्चात संबिधान निर्माण गर्ने रुद्री कार्ययोजना त मूलत: धुन्धुकारी, चण्ड, मुण्ड, प्रचण्डादि दानव गणको आव्हान होईन र? किन्चित त्यो शीघ्र नै र दानव गणले मागे जस्तै रुपमा सफलिभूत भएमा उपरोक्त दानव गणको को मायावी जालको प्रभावले सकल लोक गण नै दानव गणको चरणस्पर्श गर्न जाने ठूलो भय एकातिर छ । ---" मेरो भय तत्काल नै यो यज्ञ सफलिभूत भएमा दानव गण आफ्नो विजयोन्माद का तप ले त्यहीं मात्रै नरोकिएला कि भन्ने मात्रै हो, हे सर्व ज्ञाता नव प्रयोगी योगी महाराज ।
Read Full Discussion Thread for this article