Posted by: Ok August 4, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
गगन भन्छन्, शासन गर्नेले म अत्याचार गर्छु, तिमी मौन बस भन्न पाइँदैन । शासन गर्नेले कुशासनको आलोचना सुन्न तयार हुनुपर्छ । तयार नहुने हिटलर हुन्छ । गगनले सडकमा शाही कुशासनको आलोचना गरे । नयाँ आलोचना त्यो होइन । असोज १८ उप्रान्त मुलुकभरिमा एक गगन हैन, लाख गगनले त्यसो गरेका छन् । ठिकै हो, ढुंगा हानेपछि तलाउमा स्वभावतः तरङ्गहरू उठ्छन् । ढुंगा हान्नेले तरंगलाई 'तँ किन उठिस्' भनेर पक्राउ गर्न मिल्छ ? तर गगन पक्रिए । तानाशाहीमा तर्कले काम गर्दैन, सनकले गर्छ, हठले गर्छ, उन्मादले गर्छ । र नै गगन पक्रिए ! गगनले सडकमा जे भने त्यो हुकुमी शासनपीडित चानचुन एक करोड वयष्क नेपालीहरूको मर्मको अभिव्यञ्जना हो । लोकतन्त्रको उपासना गर्दै गगन ठूलो स्वरमा बोले, अरू सबै त्यसरी बोलिहालेका छैनन् । फरक यत्ति हो । गगनसँगै प्रतीकात्मक रूपले एक करोड वयष्क नेपाली पक्राउ परेका छन् । र गगन एक करोड वयष्क नेपालीका धड्कनमा क्षण-प्रतिक्षण उपस्थित छन् । कुन्साङ काका निवेदन गर्छन्, शाही सरकार यी एक करोड नेपालीलाई पक्राउ गरोस्, यिनमाथि राजद्रोहको अभियोग लगाओस्, सिंगो नेपाललाई कारागार घोषणा गरोस् र यसरी अठाह्रौँ शताब्दीको एउटा आदिम नाटक मञ्चन गरोस् । नाटक हेरेर सभ्य विश्वले भन्ला-राजाको शासनमा नेपालमा आज रमिता छ !
Read Full Discussion Thread for this article