Posted by: shree5 August 4, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
स्वामी महाराज, महाराजको दिव्य दीक्षा ग्रहण गर्ने सौभाग्य प्राप्त भो, यो सन्यासी धन्य भो । किन्तु, अझै केही सन्देह बाँकी रहेकोले शास्त्रार्थ गर्ने अनूभुति भो। स्वामी महाराजका वचनानुसार अब यस्तो परिस्थितीको निर्माण हुँदैछ कि जसले सकल गान्धर्व मठ हरुलाई कुश, तील, बेल पत्रले गंगा जलमा स्नान गराई सारा दोष, पाप धोई पखालिकन सच्चा शिब भक्ती योगी हरुलाई मठको आसनमा विराजमान गराउनेछ, तत्पशचात ज्ञानेन्द्र क्रीत दैत्य गण तथा प्रचण्ड क्रीत दानब गण मा भएका सच्चा शिब भक्ती सन्यासी हरु र सकल लोक गण पनि यी गान्धर्वीय मठहरुमा समाहित हुने छन्, अनि परम भोले बाबा शंकरले बाँकी दैत्य, दानव, असुरादिको समूल विनाश गरिदिनु हुनेछ । स्वामी महाराज, यस्ता प्रक्रीयाका बिभिन्न लक्षण हरु हुन्छन् र यस्ता प्रक्रीयाले अन्तत: लिने बाटो (course) पनि हामी लगायत समस्त योगी, सन्यासी, तपस्वी हरुले हवन, अर्पण गर्ने दीक्षा, सल्लाहमा केही हद सम्म भर पर्ने गर्दछ । महाराजका वचनानुसार हामीले अहिले लोक तान्त्रिक मठहरुको समरचना यथावत राखेरै कुश, तील, बेल पत्रले गंगा जलमा स्नान गराई सारा दोष, पाप धोई शुद्धिकरण गर्नु पर्दछ भन्ने अनूभुति भयो यो साधुलाई । तर अहिलेको यो गति (dynamism) जता पनि जान सक्दछ र अघि भने जस्तै हामीले अर्पण गर्ने चरु (feedback) ले यो गतिले लिने दिशा (direction of this dynamism) मा अहम् महत्व राख्दछ । यद्यपि पक्का यो दिशामा जाला भन्ने चाहिं स्वयम् त्रैलोक्यनाथ भोले बाबा लाई पनि पूर्वानूभुति हुंदैन प्रभो ।
Read Full Discussion Thread for this article