Posted by: himaliketo August 4, 2005
Eeuta kabita!!
Login in to Rate this Post:     0       ?        
म मेरो देश कीन फर्कौ ? भनत म मेरो देश कीन फर्कौ ? सगरमाथा र बूद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ? देश को ळागी थुप्रै मरे म कीन बेर्थमा मरू? बेर्थमा मर्न का लागी म मेरो देश कीनं फरकौ? न म स्बतन्र बोल्न सक्छु न त नीरध्कक कतै डुल्न सक्छु न म फुल बनेर कतै फुल्न सक्छु म आतन्क बन्न सकदीन ,कसैको निहत्या हत्या गर्ने शैनिक बन्न सकदीन न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सकछु अनि भनत म मेरो देश कीन फर्कौ देशै फर्के भनेपनि म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी ईषाभेट्नेछु आखाभरी भोक देख्नेछु मनभरी शोक देख्नेछु आगन भरी महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी म सडक भरी ढू'गामुढा देख्ने छु काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु ळाग्ने छ कतै यिढू'गामुढा र टायर हरु म फर्के को बिरोधमा बरषिरहेछन् अनि भनत म मेरो देश कीन फर्कौ ? म हिडीरहने सडकमा कृशणाभिर तगारो बन्ने छ बाटा भरि म एम्बुसका तार हरुमा जेलिने छु म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु, म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु, अनि भनत म मेरो देश कीन फर्कौ ? मेरो गाऊ तर्ने त्यो पुल छैन रे, बष्रौ भयो ओईलाऐको सयप्रत्री ,जसमा कुनै फुल छैन रे, मेरो स्कुलमा त आर्मि बयारेक बस्यो रे मेरो घर खालि गरी माओवादी बस्यो रे अनि भनत म मेरो देश कीन फर्कौ ? मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन् म मर्न सक्दिन शाशक हरुका लागि, म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी, अनि भनत म मेरो देश कीन फर्कौ ? त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन् आमा बाहरु बेसहारा बनिरहेछन् युद्द झन् झन् चर्किरहेछ हिमाल पलपल गरेर पग्लिरहेछ मन झन झन् टाढि रहेछ, अनि भनत म मेरो देश कीन फर्कौ ? सहदेब
Read Full Discussion Thread for this article