Posted by: Nepe August 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
त्यसो हो भने लौ त । यो मेरो गजलको प्रारम्भिक अभ्यास थियो । मिटर चढाएर ल्याएँ । दादाको रसिकताको लागि ता एल्ले ऐया नि गराउदैन, तैपनि नेपेलाई ज्याद्रै निरस मान्छे नठानुन भनेर टाँसिदिएँ । अड्केका कुराले बोलेको बोल बेग्लै चर्केका चुराले खोलेको पोल बेग्लै खै यो टोलमा तिर्खा, जलन र छटपटी उ: उता मायालु बसेको टोल बेग्लै के पत्याउँ खै सधै मुस्काईरहन्छौ मुहार मुहारमा अचेल खोल बेग्लै किन्ने भाउ बढाउँछ, बेच्ने घटाउँछ मायाको, आँसुको के रे मोलतोल बेग्लै गजब कुनै कुनै हेराईको असर बाहिर हाँस्यो भित्र डाँवाडोल बेग्लै नेपे रचनाकाल: पुगनपुग एक बिस हिंउद अघि
Read Full Discussion Thread for this article