Posted by: Nepe August 4, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
Shree5, मेरी बास्सै, यी महाराज त ! सियो भएर पस्या थे, फाली भएर निक्ले । शुरुशुरुमा कुन गँजडी महाराज छिरे साझामा भन्या त, यस्ता दिव्यज्ञान पाईसकेका खल्ली बुडा पो रैछन् । के भनुम्, म त ट्वाँ परेर हे-या हे-यै छु । स्यान्टीफल्याँट । ल गुरू महाराज, मैले चरणस्पर्श गरें । चाईने जो, आजसम्मको लोकतन्त्र उपरको परिचिन्तन (discourse) लोकतन्त्रको मार्गचित्र (road-map) कोर्न तिर होईन कि बरु लोकतन्त्रको गन्तव्य (destination) ठम्म्याउनु मै सिमित रह्यो । त्यसैले दानव राजा र जङ्गली राक्षस-गणलाई श्राप वर्षण गर्नु मै सिमित रहे लोकतन्त्रवादी गान्धर्वहरु । लोकतन्त्रको मार्गचित्रण भनेको शक्ति समिकरण, आममाफी, लेनदेन, सम्झौताको पेटारो कोर्नु होईन, बरु, गुरुमहाराजले भनेजस्तै लोकतन्त्रको खामो गाडेर त्यस ध्रुवमा आफुमा निहित चुम्बकत्वको आधारमा स्वाभाविक आकर्षित, विकर्षित हुन दिनु हो । लोकतन्त्रको खामो स्पष्ट नभएकोले हामी मुलुकलाई बहुध्रुविय पाईरहेका छम् र त्यसै अनुसार मामला जटिल । लोकतन्त्रको वितरित एउटा खामो (एकतन्त्र) भने, पशुपतिनाथको कृपा, आफुलाई झन झन झन झन स्पष्ट पार्दै गईरहेको छ । वास्तवमा अहिले लोकतन्त्रवादीहरु सडकमा ओर्लन हतार गर्नु पर्ने कारण छैन । सय सय आमसभाहरुले ल्याउन नसक्ने जनजागरण महाराज ज्ञानेन्द्रका एक एक छुद्र कदमले नै ल्याईदिईरहेका छन् । म त सडक आन्दोलन गर्नु भन्दा नि महाराज ज्ञानेन्द्रलाई अझ हौस्याउनुमा बुद्धिमानी देख्छु । यहाँ साझामा केही महानुभावहरुले यो पुण्यकार्यमा हात जो बाँडेका छन्, तिनिहरुलाई धन्यवाद । ANA ले महाराजको अभिनन्दन गर्न आएको अनुरोधलाई लत्यायो रे भन्ने सुन्छु । न्युयोर्कमा विरोध-प्रदर्शनको तयारी हुँदैछ । यसको महत्व त छदैछ । तर अहिले राजालाई पूर्ण रुपमा निरुत्साहित बनाउनु पनि हुँदैन । केही राजावादीहरु जुटेका छन् रे अभिवादन गर्न, म त त्यसलाई लोकतन्त्रको पक्षमा ठूलै रणनैतिक सहयोग मान्दछु ।
Read Full Discussion Thread for this article