Posted by: shree5 August 4, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
र हाल फेरि लोक गणका गान्धर्वीय मठाधिशहरु जस्तै गिरीजा महाराज, माकुने महाराज आदि लोक नजरमा पतीत छन। लोक मतानुसार त सर्व प्रथम यी मठाधिशहरु लाई अग्नि कुण्ड मा हवन नगरे सम्म केही सुधार हुने छैन। फेरि, दैत्यराज ज्ञानेन्द्र लाई हटाए पछि सिंहासनमा राज गर्न आउने कर्ता झन् उग्र, उद्दण्ड र पतीत बाहेक अरु त कोही पनि द्रीश्टीगोचर हूदैन । गिरीजा महाराज, माकुने महाराज आदि पश्चात पनि खुम बहादुर महाराज, गोविन्द महाराज , खड्क महाराज आदि जो छन्, सारा दुश्टात्मा हरु मात्रै छन्, सच्चा शिब भक्ती सन्यासी कोही पनि छेन प्रभो । तर हरेक गण-गणमा, मठ-मठमा, दैत्य गणमा तथा दानव गणमा समेत, तल्ला तहमा फेरि प्रतिबद्ध शिब भक्ती सन्यासी हरु यथेस्ट छन् र यस अवस्थामा हाम्रो तपस्याका प्रतापले परम भोले बाबा भगवान शिवजीले त्रि-नेत्र प्रहार गरि दिनु भयो भने पनि धेरे सच्चरित्रवाण नर नारी हरु हताहत हुन्छन् वा विचलित हुन पुग्दछन् ।त्यसैले अहिले को आवश्कता त अझ केही समय भद्रगोल हुन दिने, अझ ध्रुवीकरण (polarization) हुन दिने ता कि यो वेथिती मन्थन भएर देव गण र दानव गण सुस्पश्ट रुपमा ध्रुवीक्रीत होउन ।यो ध्रुवीकरण, मन्थनको प्रक्रिया नै यस्तो छ कि प्रभो यो शुरु भएर उच्च वेग (momentum) धारण नगरे सम्म सकल नर नारी यसमा समाहित हुन चाँहदैनन्, यो प्रक्रिया ले उच्च वेग धारण नगरे सम्म त यस्तो कार्य उल्टो 'अवसरबाद' कहलिन्छ । र, यो सन्यासी का चक्षुले त ठिक अहिले को अवस्था मा ध्रुवीकरण, मन्थनको प्रक्रिया ले वल्ल सीमित वेग धारण गर्न लागे जस्तो मान्दछन् ।तत्पश्चात हाम्रो तपस्याका प्रतापले परम भोले बाबा भगवान शिवजीले रौद्र रुप धारण गरिकन त्रि-नेत्र प्रहार गरि दिनु हुनेछ, सारा दानव गणको विनाश गरि दिनु हुनेछ र सकल मानव, चराचर लोक जगत चिर काल सम्म आनन्दपुर्वक वाँच्ने छन् । अहिले लाई उपयुक्त कार्य त हामी समस्त सन्यासी, प्रवासी, मुगलान बासी हरुले माता पार्वती सति देवीको पूजा, अर्चना, तपस्या गरिकन माताले दिएको श्राप फिर्ता गर्नको लागि र यो देव - दानवगणको ध्रुविकरण, समुद्र मन्थन को तीव्रीकरण को याचना गर्नु नै होला । स्वामी महाराजको गुरु आज्ञा शिरोपर । जय भोले नाथ, पशुपति, कैलाशपति की माडम्, गुल्ट्याम्, (Keep rolling...)
Read Full Discussion Thread for this article