Posted by: shree5 August 4, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
नेपे ज्यू, स्वामी महाराज, मलाई पनि केही वाचौं वाचौं भन्ने मनसुबा भईकन राय अर्पण गर्दछु । यस्ता राजनैतिक आन्दोलन, क्रान्ति आदि को सनातन परम्परा के रहँदै आएको छ भने जसको आव्हान र मूल नारामा यी क्रीयाहरु, यज्ञ हरु सम्पन्न गरिन्छन्, पश्चातमा यीनै राजपाट को भागिदार हुन्छन् । जस्तो, २०४६ बिक्रमाब्द मा पनि नेपाली काँग्रेस नामक मठले "संबैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र " को श्लोक वाचन गरे , कम्युनिश्ट मठले आफ्नो स्पश्ट स्त्रोत देखाउन नसक्दा भए, ढुलीमुली गर्दा भए । मुख्य कुरा त्यहाँ उपरोक्त यज्ञ काँग्रेस मठले भने जस्तै गरिकन समापन हुन पुग्यो ।यद्यपि साँख्यिक रुपमा उक्त आन्दोलन पूर्व काँग्रेस मठका अनुचर हरु कम्युनिश्ट मठका अनुचर हरु भन्दा कम नै थिए र दुबै मठका अनुचर हरु पन्च अनुचर हरु भन्दा धेरै कम थिए ।तर प्रथम आम निर्वाचनमा काँग्रेसी हरु निकै भारी भए । यस्ता उदाहरण हरु विश्वका अन्य पीठ हरुमा, जस्तो पूर्वी यूरोपिय लोकहरुमा, पनि यथेश्ट द्रीश्टीगोचर हुन्छ । लोक तन्त्र का प्रक्रिया हरु पालन गर्दा, जस्तो निर्वाचन गर्दा, लोक को भाव - शक्ति (म्लेच्छ भासामा sentiment) वेदान्त को सैद्धान्तिक (theoretical rheotoric) अलौकिक शक्ति भन्दा धेरै प्रभावशाली हुँदो रहेछ । र त्यस प्रकारको लोक को भाव - शक्ति जुन आव्हान कर्ता को नारा, स्त्रोत सफलिभूत हुन्छ, त्यसैमा समाहित हुन्छ । अब स्वामी महाराज को वचनानुसार नेपालमा दैत्य गण को राजतन्त्र लाई समाधिस्थ गरेर लोक तान्त्रिक मत अनुसार देव गण को गान्धर्व राज्य स्थापना गर्ने यजस्वी योजनामा मलाई एउटा सन्देह पैदा भयो, महाराजका अनुकम्पाले यहाँ सविस्तार गर्दछु। संबिधान सभाको चुनाब र त्यस पश्चात संबिधान निर्माण गर्ने रुद्री कार्ययोजना त मूलत: धुन्धुकारी, चण्ड, मुण्ड, प्रचण्डादि दानव गणको आव्हान होईन र? किन्चित त्यो शीघ्र नै र दानव गणले मागे जस्तै रुपमा सफलिभूत भएमा उपरोक्त दानव गणको को मायावी जालको प्रभावले सकल लोक गण नै दानव गणको चरणस्पर्श गर्न जाने ठूलो भय एकातिर छ ।
Read Full Discussion Thread for this article