Posted by: Ishwor August 3, 2005
Bise Nagarchi ko Bayan
Login in to Rate this Post:     0       ?        
बिसे नगर्चीको बयान श्रवण मुकारुङ मालिक ! म यो गोरखा राज्यमा अर्ढाई सय वर्षछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ - कहाँनिर छ बिसे नगर्ची - मालिक ! म बौलाएँ । मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझाो हुनुपर्ने अर्ढाई सय वर्षछि आज के भयो मलाई - यो बिसेलाई दशा लाग्यो मालिक ! म बौलाएँ । नाथे मेरी स्वास्नी हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बिसेको झाुप्रो न हो जलाइएको यत्तिमै यो बिसे उप्रिmनृुपर्ने - थुइक्क बिसे... । म बौलाएँ मालिक ! म बौलाएँ ।
Read Full Discussion Thread for this article