Posted by: Dada_Giri August 3, 2005
Likheko Janti Bakhro
Login in to Rate this Post:     0       ?        

यता बाजाको रमझम र हुलचाल नै भेऽ पनि आत्मारामले मलाई भेट्यो। हामी कान्लामुनि बसेर हेरियो। "पहले" भन्ने दादा केटा रेऽछ, तर नाच्न खुब सिपालु यार त्यो केटा। जुन केटी पनि त्यसैसित नाच्न खोज्नी नि फेरि। "बाजा भेऽन, अलि ताल मिलाऽर बजाऊ!" भनेर थर्काउँदै थियो। तर त्यसका गामका बाजा भन्दा हाम्रै बाजा ठिक थिए यार। त्यसका गामका बाजा पनि नसुनेको हो र? *** *** *** राती हामी फेरि फर्केम् र पटाहाको खाट नजिकै पुगेम्। नजिकै पुग्दा त तल्लो कान्लामा भ्वाक्क हाम्फाल्छन् बा, २ जना। म पछाडि थिएँ मैले चिनिन। आत्मेले चिनेछ, "एउटा हाम्रै च्याँके हो, अर्को को हो मैले चिनिन। केटी जस्तो पनि छ।" भन्दै थियो। जे होस् हामेरु सुतेम्। *** *** *** एकछिनपछि हाम्ले निदाए जस्तो गरेसी च्याँके नि आयो, तल्लो गह्रातिरबाट लुसुक्क। अनि "बाजा हेर्दा हेर्दै म त बल्ल आएँ, केटा हो!" पो भन्छ। "त्यो सँगै हाम्फाल्नी केटी कुन हो नि?" आत्मारामले पर्दाफास गर्दियो। च्याँके त अकमक्क गर्छ। फुस्के जस्तो छ लगौँटी। अनि खोल्यो बरा रामकहानी। भाऽ के रैछ भने नि, च्याँकेले बित्याँस पर्यो बा भनेर उठेर भाग्न खोज्दा चपक्क समातिछ बुइनीले त। "हजुर जन्ति हैन?" "हो।" "बस्नुस् न एकछिन के भो र म त ह्याँ खालि देखेर पो सुतेकी त। जन्तिहरुलाई पो सुत्न दिनु पर्ने।" च्याँके अक्मकायो। केटीको स्वर सुनेसी हात सात कापेँ तर सम्हालिँदै मुटु बलियो पार्यो र गफगाफ मिलाउन थाल्यो। साऽनो सानो स्वरमै। "यतातिरका बुइनीहरु कति राम्रा के जम्मै।" "हैन सबै काँ राम्रा छन् र बरु जन्ति पो राम्रा लागे त मलाई त।" लिखेले नि कुरा मिलाई। जवानीको जोस भन्नी कि के भन्नी अब यत्तिकैमा लिखेले च्याँकेलाई चपक्क समातेर अँगालोमा बाधिन पुगे रे, च्याँकेले भन्या है मलाई त। *** *** *** भोलिपल्ट कन्यादन भइसकेसी जन्ति सन्ति फर्के । तल एउटा चौरमा आएर जन्ति बाख्रा मार हान्दै भोज भतेर गर्नतिर लागे। कान्लामुनि एउटी बुइनी त घुँक्क घुँक्क रुँदै थिई। च्याँकेले राती सुन्या जस्तो आवाज मानेर नजिकै गेऽर सोध्यो ती बुइनीलाई। "किन रुइकी नानी? दुलही लग्दिए भुनेर हो? यस्तै हो सबैलाई एकचोटि जानु नै छ पराइ घर। नरोऊ न यसरी।" भनेर सम्झाउन खोज्दै थियो। "मैले कति द":ख गरेर पालेको बाख्रा काट्दा चित्त दुख्दैन त?" उही पो रैछे, अघिल्लो दिन च्याँकेसित पटाहामा भेट्या बुइनी। *** *** *** च्याँके पनि किंकर्त्वयबिमुढ भयो र भोज भतेरमा सरिक भेऽर जन्ति बाख्रो खाने कत्रो सपना हावाले उडाइदियो। खाएन बरा भोकै फर्क्यो। त्याँदेखि च्याँकेलाई स्कुलमा सबैले "लिखेको पोई!" भन्न थालेका हुन्। अझैपनि टारि घरे दाइको बे को कुरा गर्न नि हुन्न, जन्ति बाख्रोको कुरा गर्न नि हुन्न, त्यसको अगाडि त। ढुगां टिपेर कुट्न आउँछ, के भन्नी अब "जुन चोर उसको ठुलो स्वर" भन्या यही हो। अस्तु! THE END
Read Full Discussion Thread for this article