Posted by: Dada_Giri August 3, 2005
Likheko Janti Bakhro
Login in to Rate this Post:     0       ?        
*** *** *** "उराठ लाग्दो दुर्लुंङ्गको डाँडो पहाडमा राम्रो पाङ्ग, के राम्रो हेर टारिघरे कान्छा जागिरमा जान्छ दागं" बाजाको तालमा गीत पनि घन्किए। त्यतिखेर टारिघरे कान्छा भने भेरी हो कि रापतीतिर हुलाकीको काम गर्थे। च्याँकेलाई नि "जाम हिन्" भनेका हुन् रे एक ताल। बिहे गर्ने हिसाबले लामो छुट्टिमा आऽका थिए नि। हामी त्यो दुर्लुगंको डाँडा उक्लिँदाखेरि हस्यागं फस्यागं भइसक्या थिएम्। आत्माराम र मेरा त पेटमा छेपारा खेल्न थालिसक्या थे भोकले। "चौटा खान आऽ बुढी झोलमा डुबेर मरी।" भन्या जस्तो हुनै आँट्या थ्यो। *** *** *** बल्ल बल्ल दुलहीको घरमा पुगेर खाना साना खान पाइयो र अनि बल्ल आँखा देखियो नि हाम्ले त। नत्र त हाम्रो स्वासै बन्द हुन लागिसक्या। माघको जाडो अब जन्ति धेरै फेरि, काँ सुत्न पाउनु नि। बाजा हेरेर बसम् भने दिनभरिको थकाइले खुट्टा सुट्टा निदाएर, आफ्नो खुट्टा हो कि अर्कैको खुट्टा हो चिमोटेर थाऽ पाउनु पर्नी भैसक्या थियो। हाम्लाई निद्राले झुपु झुपु पारिसक्यो। माइतितिर चिने जानको पनि कोहि छैन। पहिलो चोटि आऽको दुर्लुगंको डाँडोमा। अनि ठुलो आँट गरेर मैले माइतितिरको एक जनालाई सोधैँ। "यसो सुत्नी बन्दोबस्त गर्न सक्नुहुन्छ, हजुर? हामी ३ जनालाई?" म, आत्माराम र च्याँके गरेर ३ जनाको लागि मैले अनूरोध गरेँ भनम् न। "२ जना जति त हाम्रोमा सुते नि हुन्छ तर ३ जना अटाउन गाह्रो पर्छ कि।" भन्दै त्यो मान्छेले अलि पऽरको घरमा लग्यो र पटाहाको खाट देखाइदियो। एउटा कम्मल थियो, आत्माराम र म त्यही ओढेर सुतियो। च्याँके भने "म त एकछिन बाजा हेर्छु।" भनेर गयो। च्याँके मुखले ठिक्क भे नि हामिसित रिसाऽर गाऽ हुनुपर्छ के। त्यसको त्यस्तो बानी छ पैलेदेखि नै। थाकेर होला, च्याँकेका कुरा काट्दै हामी एकैछिनमा फ्वाँ फ्वाँ गर्दै निदाइएछ, पत्तै भे नि हाम्लाई त। १,२ घण्टापछि म त ब्युँझेँ, जाडोले भन्नी कि बाजागाजाको खैलोबैलोले भन्नी नि अब। ब्युँझेर यसो बाजा बजाएको ठाँऊमा पुगेँ। म उठेसी आत्माराम पनि उठेछ, अनि यताउता हेरेछ। मलाई नदेखेर होला नि बाजा भएकै ठाउँमा पुगेछ। *** *** *** यता च्याँके भने थाकेर, तिनै २ जनाको छेऊमा गेऽर यसो टाँसिन्छु भन्नी हेतुले फर्केर गएछ, त्यही पटाहाको खाटमा। अनि एक जना सुतिराखेको देख्यो र "ल कुन चाँहि उठेर बाजातिर गेऽछ, मलाई ठिकै भो, मैले सुत्ने पालो पाएँ।" भनेर मनमनै सोच्दै सुतेछ। कान्लातिर त एउटी त्यही गाउँतिरकी बैनि पो सुतेकी रेछिन्। हगुवालाई लामो केश बिजाएपछि पो थाऽ लाग्यो। बित्याँस पर्यो बा ।
Read Full Discussion Thread for this article