Posted by: Nepe August 1, 2005
Vote: Ashu vs Gagan Thapa
Login in to Rate this Post:     0       ?        
Just a copy and paste for a partial self-promotion, to be honest. - http://insn.org/?p=1613#comments डेढ वर्ष पूर्व, २००३ डिसेम्बर मा, जब गगन थापा, गुरुराज घिमिरे र पुरुषोत्तम आचार्य जस्ता युवाहरुले त्यतिन्जेल लोकतन्त्रको मार्ग किटान गर्न नसकेर रहेको किंकर्तव्यविमुढतालाई तोडेर अलोकतान्त्रिक राजतन्त्र विरुद्ध ?राजद्रोह? को थालनी गर्दा मैले निम्न पादटिप्पणी सहित एउटा गजल नेपाली पोष्ट मा प्रेषित गरेको थिएँ । ???????????????????- डिसेम्बर २६, २००३ (नयाँ विद्यार्थी आन्दोलनका नविन संकेतहरुप्रति, दलहरुका होचा स्वार्थबाट माथि उठेको उचाईलाई निरन्तरता दिएर आफ्नो दीर्घ किंकर्तव्यविमुढता र मूकदर्शकताप्रति राजद्रोह कायम राख्न शुभकामना सहित- कवि ) सुन त खाक्खाक् खुक्खुक् बिस्तारै बिस्तारै लौ मुख फोर्दैछ मुलुक बिस्तारै बिस्तारै सुक्न, खाँदिन र कुहिन अस्विकार गर्ने मुडमा छन् गुन्द्रुक बिस्तारै बिस्तारै गर्धन झुकेन नझुक्ने कारणले भने मर्दन भो बुटको तुजुक बिस्तारै बिस्तारै टाउको फोर्ने लाटा लाठाहरुले खासमा फोर्छन पन्डोरा-सन्दुक बिस्तारै बिस्तारै घाउ इन्कार गर्नेहरुलाई घाउ बकाउन छर घाउमा नुनचुक बिस्तारै बिस्तारै बाटै नभेटेका र बाटो बिराएकाहरु आउ सच्याउ भुलचुक बिस्तारै बिस्तारै गलत हातमा परेका थिए जो यतिन्जेल फर्काइने छ ती बन्दुक बिस्तारै बिस्तारै इतिहास आफै अन्तिम लालमोहर लगाउन छ लेख्दैछ तमसुक बिस्तारै बिस्तारै दीपुको गजलमा त मिल्थ्यो तुकबन्दी, अब मिल्दैछ भावमा तुक बिस्तारै बिस्तारै http://www.nepalipost.com/past/literature/literature15.html#217 ??????????????? डेढ वर्ष अघि मुख फोर्न गला सफा गर्दै गरेको मुलुक अब हुँकार गर्ने भईसकेको छ । लोकतान्त्रिक क्रान्तिको पदचाप स्पष्ट सुन्न सकिन्छ अब । यत्ति हो यो क्रान्तिलाई राजनैतिक नेतृत्व दिन कोहि निस्किसकेको छैन । दलहरु आफ्ना अयोग्य बरिष्ट नेतृत्वको लज्जास्पद पञ्जाबाट मुक्त भएर लोकतन्त्रप्रति अप्रतिगमनिय आस्था र व्यवहार भएका नेतृत्व ल्याएर लोकतान्त्रिक जनसमर्थन आर्जन गर्ने दिशामा बढ्न सकिरहेका छैनन् । वयस्क बुद्धिजीवीहरु भर्खर खाकखाक खुकखुक गर्दैछन् । माओवादीहरु अग्रपंक्तिमा छन्, तर दुर्भाग्य, उनीहरुको एउटा गोडा लोकतन्त्रको सही बाटोमा तर अर्को गोडा साम्यवादको गलत बाटोमा छ । यसरी हाललाई लोकतान्त्रिक क्रान्तिको तदर्थ राजनैतिक नेतृत्वको जिम्मा लोकतन्त्रवादी युवावर्गको काँधमा आईपुगेको छ, गगन थापाहरुको काँधमा आईपुगेको छ । गगन थापाहरुको ?राजद्रोह? प्रति ऐकवद्धता, सम्मान र गौरवको लागि यहाँ उपस्थित छु ।
Read Full Discussion Thread for this article