Posted by: mampaka July 31, 2005
Gagan Thapa's Statment from Custody
Login in to Rate this Post:     0       ?        
नेपाल विद्यार्थी संघको महाधिवेशनको मुुखैमा र निणर्ायक संघर्षको आरम्भमा मलाई जसरी गिरफ्तार गरियो र जे मुद्दा लगाइँदै छ, त्यसले मलाई हतोत्साही होइन, बरु अरू साहसी बनाएको छ । जेल जानुपर्छ, झुट्टा मुद्दा खेप्नुपर्छ भन्ने थाहा नपाएर म पूर्ण लोकतन्त्रका पक्षमा उभिएको होइन, बरु ज्यानकै बाजी थापेर भए पनि सदाका लागि तानाशाही समाप्त पार्ने सपथ खाएर राजनीतिमा आएको हुँ । सचेत नागरिक समाज, देशभरिका विद्यार्थी साथीहरू, राजनीतिक दल, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी र प्रबुुद्ध सञ्चारजगतले ममाथि राज्यको अत्याचारविरुद्ध देखाएको चासोप्रति म हृदयदेखि नै कृतज्ञ छु । निकै छिटो तानाशाही ढल्नेछ र पूर्ण लोकतन्त्रको अरुणोदय हुनेछ । -जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा हिरासतमा रहेका विद्यार्थी नेता थापाले शुक्रबार जारी गरेको अपिल )
Read Full Discussion Thread for this article