Posted by: shirish July 31, 2005
The Condition of the Bir Hospital
Login in to Rate this Post:     0       ?        

"आशै मार्ने स्थिति बनेको थियो," घटना सम्भ?mदै श्रीमती सरिताले थपिन्, "अपरेसन बिगारेपछि न डाक्टर वार्डमा आउने, न नर्सहरू नै देखिने । अस्पताल निर्देशकसम्म पहुँच नभएका भए ज्यानै जाने रै'छ ।" डा विलोकरले जेठ ११ गते गरेको यस्तै अर्को शल्यक्रियामा कोहलपुरकी डम्बरकुमारी पराजुली, ५५, को मृत्यु भयो । आफन्त आक्रोशमा आएपछि अस्पतालका डाक्टरहरू केही घण्टा भाग्नुपर्?यो । शिक्षण अस्पतालमा चिकित्सकको लापरबाहीले ज्यान गएका यस्ता घटना बारम्बार सार्वजनिक हुँदैछन् । तर, कलेज प्रशासनले गम्भीरता भने देखाएको पाइँदैन । सामान्य रोग वा शल्यक्रियामा आफन्तको ज्यान गए पनि उजुरी गर्ने निकायसम्म पहुँच नहुँदा सधँै मर्कामा परेका छन् । जीउज्यानमाथि नै खतरा पुग्ने गरी उपचारमा हेलचेक्र्याइँ भएमा उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ -१) क, ख, घ, ड. र दफा १० अनुरूप चिकित्सकलाई सजाय दिलाउन र पीडितले क्षतिपूर्ति पाउने अधिकार हुन्छ । तर, कारबाहीका लागि प्रशासन वा अदालत जानेहरूको सङ्ख्या भने कम छ । जिल्ला प्रशासन कार्यालयमा शिक्षण अस्पतालका लापरबाहीबारे तीनवटा उजुरी परेका छन् । ती उजुरीमा एक लाखदेखि १५ लाख रुपियाँसम्म क्षतिपूर्तिको माग छ । कलेजका प्रबन्ध-निर्देशक डा सुरेशकुमार कनोडिया गल्तीभन्दा धेरै हल्ला हुने गरेको बताउँछन् । कलेजद्वारा सञ्चालन गरिएका झन्डै छ सय ५० शय्याका दुई अस्पतालमा करिब एक सय डाक्टर कार्यरत छन् । तीमध्ये दुईतिहाइ हिन्दीभाषी भारतीय हुन् । त्यसैले अस्पतालमा आउने पहाडका बिरामीलाई रोगबारे विवरण दिन र डाक्टरलाई बुझाउन कठिनाइ हुन्छ । कहिलेकाहीँ त भाषाकै कारण रोगभन्दा फरक उपचारसमेत भएको पाइएको छ । कलेजबाटै एमबीबीएस पूरा गरेका चिकित्सकसमेत उपचारमा संलग्न छन् । "उपचार बिगि्रयो वा मर्?यो भने डाक्टरले मार्?यो भन्छन्," डा कनोडियाले भने, "जेलाई पनि 'इस्यू' बनाउने प्रयास हुन्छ ।" उनले गम्भीर गल्ती नै प्रमाणित भएमा माफी माग्न र उचित क्षतिपूर्ति दिन कलेज तयार रहेको बताए ।
Read Full Discussion Thread for this article