Posted by: shirish July 31, 2005
The Condition of the Bir Hospital
Login in to Rate this Post:     0       ?        
त्यस्तै भयो, नेपालगन्ज- ८ का उत्तमसिंह नेपालीका छोरा उदित, १६, को उपचारमा पनि । नेपालगन्ज शिक्ष्ाण अस्पतालका अल्ट्रासोनोलिस्ट डा केदारनाथ अग्रवालले जेठ २४ गते उनको दुवै मृगौलामा पत्थरी रहेको बताउँदै शल्यक्रिया गर्न लगाए । तर, उत्तमसिंहलाई शङ्का लाग्यो र लखनउस्थित देवीशिव हेल्थकेयरमा लगेर डा सञ्जय श्रीवास्तवसँग जचाए । मृगौलामा पत्थरी भेटिएन । डा अग्रवालको रिपोर्टले आफ्नो परिवारमाथि खैलाबैला नै मच्चाएको उल्लेख गर्दै उत्तम भन्छन्, "यसको क्षतिपूर्ति दिनुपर्छ ।" अस्पतालसँग एक लाख रुपियाँको क्षतिपूर्ति मागसहित उनले प्रशासनमा निवेदन दर्ता गराएका छन् । नेपालगन्ज- ७, फुल्टेक्राका दिलीप परियार, ३७, ले मृगौलाको पत्थरी झिक्न शल्यक्रिया गराउँदा झन्डै ज्यान गएको थियो । जेठ ५ गते बिहान ११ बजे कोहलपुरस्थित शिक्षण अस्पतालमा चार घण्टा लगाएर शल्यक्रिया गर्दा पनि डा विलोकरले पत्थरी निकाल्न सकेनन् । घाउ त्यत्तिकै सिलाएर अरू दुई दिन पनि शल्यक्रिया गरे । तर, बिरामी सिकिस्त हुँदै जाँदा पनि चिकित्सकले पत्थरी भेट्न सकेनन् । अन्तमा ८ गते राती घाउ आधा सिलाएर अस्पतालले लखनउ 'रिफर' गर्?यो । त्यहाँ जगरानी अस्पतालमा 'लिथोटि्रप्सी' प्रविधिबाट पत्थरी फुटाइयो । १५ दिन लखनउ बसेर सञ्चो भएर फर्केका परियार भन्छन्, "धन्नै ज्यान गएको ।"
Read Full Discussion Thread for this article