Posted by: Ok July 25, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
घनश्यामसर हिँडेपछि मैले उनीहरुसँग "के पढ्न खोजेको, बिजगणीत, अंकगणीत वा ज्यामीति" भनेर सोधेँ। "हामीलाई त केहि पनि आउँदैन। सबै कक्षा ९ देखिको नै पढ्ने" भने सवैले एक स्बरले। मैले पनि तेतिबेला ९ कक्षा सक्नै लागेको थिएँ। आफूलाई त गणित अति सजिलो लाग्ने। 'खै के नजानेका होलान् है यति सजिलो पनि' मनमनै सोचेँ। तर पनि सबैको अनुहारले साँच्चै पीर परेको कुरा झल्काईरहेको थियो। "कक्षा ९ को गणित त सजिलो छ नि" मैले उनिहरुलाई आफूलाई मनमा लागेको कुरा सान्तोना दिने हिसाबले बताएँ। उनिहरुले चाहिँ मलाई चिन्दा रहेछन्। "सिकाईदेऊ न त ओम, हामीलाई" भनेर सबैले एकस्वरमा भने। "ल त्यसो भए, ९ कक्षाको गणित चाहिँ म सिकाईदिन्छु, मैले जानेको जति। सबै त जान्दिन होला, तर पनि मैले जानेको चाहीँ सिकाईदिउँला" भनेर उनिहरुको मन राखिदिएँ। ति केटाहरुको पनि घर स्कुलबाट अलिक टाढा रहेछ, तर पनि घरबाट नै स्कुल धाउन सक्ने। एस.एल.सी. को तयारीका लागि तेहिँ नजीकै कोठा भाडामा लिएर बसेका रहेछन्, मञ्जुको घरबाट त्यस्तै १० मिनेट जति लाग्ने तर स्कुलबाट त ५ मिनेटमै पुग्ने। "ल त्यसो भए भोलिदेखि स्कुल छुटेर आए पछि दिनको १ घन्टा पढाईदेउ है त! हामी पैसा पनि दिन्छौँ के!" एक जनाले बोल्यो। यस्तो कुरा सुनेर बिचाराहरुलाई साँच्चै नै आपत परेको रहेछ जस्तो लाग्यो। मैले "पहिला मैले सिकाको कस्तो लाग्छ तिमीहरुलाई, हेर, अनि जति पैसा दिन मन लाग्छ दिनु, दिन मन नलागे नदिए पनि हुन्छ। मैले सिकाको राम्रो नलागे, सरहरु नै खोजेर पढ्नु, शाह सरले पनि बिज्ञान बिषय पढ्नु भाको रे ईञ्डियाबाट, गणित पनि त पढाउनु हुन्छ होला" भनेर उनिहरुलाई बैकल्पिक बाटोले पनि ढुक्क बनाईदिएँ। उनिहरु पनि खुशि हुँदै आफ्ना कोठा तिर लागे। साझाल्यान्ड, १० श्रावण, २०६२
Read Full Discussion Thread for this article