Posted by: Ok July 25, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
अब त शुक्रबार पनि कहिल्यै नआइदिए हुन्थ्यो भन्ने लाग्न थालिसक्यो। म त शुक्रबार देखि नै डराउन थालिसकेँछु। न त मलाई आमाले 'केहि उपाय निकालिस् त छोरा' भनेर सोध्नु हुन्थ्यो, न त भाई र बैनीले नै 'हामी पनि पढ्ने' भनेर गुनासो गर्थे। सबै चुपचाप बस्थे। काहिँ कतै बाट कुरा निस्कियो भने पनि अन्तै मोड्थे, ताकी त्यो कुरालाई सजीलै बिर्सियोस्। सबैलाई बास्तबिकताको राम्रो ज्ञान थियो। बास्तबिकताका अगाडि चाहनाहरुको कुनै मुल्य हुन्न भन्ने कुरासँग सबैको राम्रैसँग परिचय थियो। तर पनि, चाहनाहरु पुरा गर्न हरसंभव उपायहरुको खोजी गर्न कोषिष त गर्नै प-र्यो नि! असफलताकै भुँवरीमा पनि मञ्जु र मैले संभावित उपायहरुको खोजी गर्न चाहिँ कहिल्यै छोडेनौ। २०४६ सालको दशैँको बिदा पछि कक्षा १० मा पढ्ने ४/५ जना जति बिद्यार्थीहरु मञ्जु र म घर आईपुगेको केहिबेर पछि घनश्यामसरको घरमा आए। देखादेख भएका केटाहरु भए पनि कसैको पनि नाम चाहीँ थाहा थिएन मलाई। घनश्यामसर स्कुलबाट फर्कीसक्नु भा थिएन। मञ्जु र म खाजा खाईसकेर बाहिरको खाटमा आज गर्नु पर्ने होमओर्कबारे यसो गफगाफ गर्दै थिईउँ। "घनश्यामसर हुनुहुन्छ घरमा?" ति केटाहरु मध्ये एउटाले सोध्यो। मञ्जुले "बाबा त स्कुलबाट फर्किनु भा छैन, किन होला भनेर?" भनेर कारण बुझ्न खोजिन्। "सरसँग भेट्नु पर्ने, उहाँसँग नै कुरा गर्छौँ" बनेर कारण बताएनन्। "ल त्यसो भए यता खाटतिर आएर बस्तै गर" भनेर हामी छेउ तिर सरिउँ। एकछिन पछि घनश्यामसर पनि आउनु भो। उनीहरु आउनै लागेको एस.एल.सी. परीक्षाको तयारीको लागि गणित बिषयको ट्युशन पढ्न भनेर आएका रहेछन्। घनश्यामसरले ट्युशन पढाउन मान्नु भएन। "नजानेको केहि छ भने मलाई जहिले आएर सोध्दा पनि हुन्छ, म ट्युशन चाहिँ पढाउँदिन। स्कुलमा पढाएका बेला ध्यान दिँदैनौ, अनि अहिले अनाहकमा पैसा खेर फाल्न आँउछौ। म कसैलाई पनि कहिल्यै ट्युशन पढाउँदिन" भनेर उहाँ त केटाहरुसँग नै रिसाउँदै पल्लाघर तिर लाग्नु भो। बिचारा केटाहरु निलाकाला भए। कति आस लिएर आएका थिए होलान् बिचाराहरु? क्रमशः
Read Full Discussion Thread for this article