Posted by: Ok July 25, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
स्विटपीजी, धन्यबाद है! नामको परिभाषा फुकाउनु भाकोमा। तपाईँको 'मेरी श्रीमतीले मेरो कथा पढ्नुहुन्छ कि पढ्नु हुन्न?' भन्ने प्रश्नको उत्तर दिन चाहिँ म सजिलै दिन्छुः पढ्नुहुन्छ, एक शब्द पनि नछोडि। तर तपाईँजस्तै, यहि साझाबाट मात्र, पहिलो पटक। तर 'कस्तो प्रतिकृया हुन्छ?" भन्ने कुरा चाहिँ अर्कै धागो शुरु गरेर कथै लेख्ने की भन्ने बिचार पो आयो मेरो मनमा त। तर जे होस् समयचक्रमा मैले यो साँच्चैनै छाप्ने भएँ भने चाहिँ मेरी श्रीमतीबाट नै विमोचन गराउने सुर छ। के गर्नु मञ्जुले मान्दिनन् होला बिमोचन समारोहमा आउन? पाउनाजी, ल तपाईँ मेरो नयाँ पाउना नै हो। तपाईँलाई स्बागत छ मेरो धागोमा। यु-डेजी, मेरो त फोनको लाईन नै काटियो। तपाईँसँग पो जोडिन्छ कि? यसो हालखबर मलाई रिले गर्नुस् है! ईश्बरजी, मेरो कथा पढेर कमेन्ट गर्ने मानिस त मेरालागि साँच्चै नै ईश्बर हुन्। ल बरु छिटै पाउँ है कमेन्टका चाङहरु। ----- ओके
Read Full Discussion Thread for this article