Posted by: sardarsing July 25, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
राजाको तिन वर्ष नै नेपाली जनताले कुर्लान जस्तो लाग्दैन, तर पनि तपाईको कुरामा भने दम चांहि दम छ। राजाले लिएका कदमहरु असफल हुंदै गएको कुरा त नकार्न सकिदैन - जस्तो शाही भ्रष्टचार आयोग, मन्त्रीमण्डल पुनर्गठन र विशेष गरेर शाही सेनाको माओवादीलाई परास्त गर्ने प्रयास, यी तिनै कुरामा प्रतक्ष प्रगति भएको देखिएको छैन । हुन सक्छ राजाले केही पानी फालेर जन आक्रोसलाई सेलाउलान- नगरको चुनाव, राजा द्वारा नै प्रतिपादित नयाँ सम्विधान (जसले केही हद सम्म माओबादिका कुरा पनि समेटेको, ४६ को सम्विधानलाई पनि समेट्दै तर राजाको वच्वर्ष कायम गर्ने खालको) अथवा कुनै अरु नै गुलिया कुरा राखेर भुलाउन या भांड्न सक्छन । तर जति जति झुठमुठका कुरा अगाडि ल्यायो त्यति त्यति राजालाई नै भविष्यमा अप्ठेरो पर्ने जगजाहेर नै छ । त्यसैले दुई या साढे दुई वर्षमा राजतन्त्रको स्थायी भविष्य प्रष्टिएला भन्दा विबाद गर्नु पर्ने जरुरत चांहि देखिदैन । तर जुन बाटो अहिले राजाले रोजिराखेका छन, मर्निङ सोज द डे, भन्दा चाहि राजतन्त्रको भविष्य देखिदैन ।
Read Full Discussion Thread for this article