Posted by: sardarsing July 25, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
केशव जंग रायमाझी, राधाकृष्ण मैनाली, कमल राज रेग्मी जस्ता कम्युनिस्टका हस्ति त दरवारसंग पोइला जान्छन भने, आशु जस्ताको के कुरा। कलरमा देख्छन ताकि संधै सबैजना संग नजिक हुन्छन, रातो, पहेंलो, हरियो, नीलो, गुलाभी, सबैसंग मिस्सिन सक्छन। हरिवंशले लण्डन एरपोर्टमा घुसको ब्याख्या गरेको जस्तो- जस्तो जस्तो खल्तिमा राख्यो उस्तै उस्तै हुने । कलरफुल मान्छे पनि त्यस्तै हो । छेपारोले रंग फेर्?या जस्तै फेर्न मिल्ने । विचरा नेपे चांहि साउनमा आंखा फुट्या गोरुले संधै हरियो देख्छ भन्या जस्तो, जमानामा कम्युनिस्ट भाको, अहिले पनि गणतन्त्रकै कुरा गर्छन । हुनत पहिले कुरा गरेको भए कसैले पत्याउदैनथे होलान, तर अहिले चाहिं कुरो गरमा गरम नै छ । राष्ट्रिय पार्टीहरु, नेपाली कांग्रेस र एमाले, माओवादी बाहेककाले पनि गणतन्त्र भन्दै छन। राजाले बेलैमा बुद्धि पुर्?याए भने नेपेका कुराको खैरियत छैन, नत्र भने नेपेका कुराका वजन चाहिं अवश्य बढ्दै छ है । हुन त हार्वर्ड ग्रयाजुएट आशुले भन्लान तं पाजीले भन्दैमा गणतन्त्रको कुरा चर्क्यो भन्न मिल्छ ? के छ तं संग सबुत भन्लान । आंफु त न ईन्जिनियर परियो न आईभी लिग ग्रयाजुएट ? एसो सडकां के के नारा लाउंछन, ठूला भनाउदा पार्टीले के के भन्छन, गामबाट चिने जानेका घरां कति बास बस्न आछन, तिनलाई माओबादीले के के उर्दी लगाएका छन, सामान्य कुराबाट बनाएका तर्क हुन, त्यसैले बिश्वाश नगर्न पनि सकिन्छ ।
Read Full Discussion Thread for this article