Posted by: Nepe July 24, 2005
BISE NAGARCHI (ONCE MORE)
Login in to Rate this Post:     0       ?        
मातेको मान्छेको भाषण: माध्यरातपछिको सडकसित बैरागी काँईला आधारातपछि सक्सी दोकानबाट म के निस्किएको छु: प्रत्येक खोंगी र खोरभित्रबाट पखेट फट्फटाउँदै विद्रोहको कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् । यहाँको बातावरणको निम्ति यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति मेरो सक्सीको गन्धले भिजेको निश्वास पनि आज, ठुलो आँधीसरह भइसकेको छ सडकका दुवैतिर लाम लागेका यी आलिशान भवनहरु आफ्नो जगसहित आफ्नो कमजोरि माटोमुनि गाडिदिनु अब, अब, अब लड्नलाई तयार छ । आज मेरो प्रत्येक पाइलामा यौटा-यौटा भूकम्प छ । आज मेरो प्रत्येक अनुभवमा यौटा-यौटा ज्वालामुखी पड्कन तैयार छ । कसरी बसेछु यो उमेरसम्म यौटा पाइलासम्म पनि नअटाउने ढल्न लागेका यी साँगुरा घरहरुमा ? मलाई दुःख लाग्छ: अझै सुत्छन् गनेउलाझै गुजुल्टिएर आत्म-पराजित मानिसहरु धरतीको अस्वस्थ्यकर घरहरुमा, अनि यति अबेरसम्म ? आज मेरो विशालता पृथ्वीमाथि अटाउदैन यो सडकभरिको देशमाथि सास थुन्छ । अनि मैले सडकभरि खाँदाखाँद गरेर हिड्दा मानिस भन्छन्- यो मातेको छ । छेउ लागेर बाँयापट्ट हिंड्नु पर्छ, हो हामीले छेउ लागेर हिंडनु पर्छ । धेरैले सडकमाथि अटाएर हिंड्नु पर्छ । गगनचुम्बी भवन र धरहराका सिरान-सिरानका कोठाभित्र रात-रातभरि बल्दछन्.......नीलो-नीलो गुलुप: लाटकोकोसेराका आँखाहरु, यहाँ रातभरि लाटकोसेराले आँखा देख्दछन, यहाँ रातभारि लाटकोसेराले कसकसको बाटो ढुक्छ ? टाउकोभरि अफिसको कागजपत्रका अक्षर, छातिभरि अफिसको दिवाल घडीका काँटाहरु फेरिनै आटेका पुर्जाजस्ता जिन्दगी काँधमाथि टाउको लतारेर यो सडकमाथि हिंडदछन्, यिनलाई घिसारेर हिंडदछन् अनुहार नभएका मानिस, अँध्यारोका खुट्टाले टेकेर रात-रातभरि यो सडकमाथि ! फलतः आजकाल सडक घटेको छ । कसले चोर्दछ सडकका छेउकुनाहरु ? किन घट्दछन यो सडक प्रत्येक रातको आगमनसित ? यो सडकलाई उधारेर फेरि ठुलो पार ............ जब म भन्छु, छेउको मुर्ख पुलिस मलाई पक्रन तयार छ किनकी म मातेको छु ! अनि रक्सीले छात्ति भरेपछि मलाई पनि लाग्छ कि मभित्र यत्ति विशालता आइसक्यो, कि यो सडकको संकिर्णतामा अब नअटाउने भइसकेको छु !
Read Full Discussion Thread for this article