Posted by: Ok July 22, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46498 दोहोरो असुरक्षामा गाउँले गुणराज लुइँटेल/राजेन्द्रप्रताप शाह आरुघाट -धादिङ, साउन ७ - सुरक्षाकर्मीले निःशस्त्र नागरिकलाई सुुरक्षा दिने कि नागरिकले सुुरक्षाकर्मीको सुुरक्षा गर्ने ? धादिङ र गोरखा सीमावर्ती बजार आरुघाटबासीले एक महिनादेखि यो प्रश्न गरिरहेका छन् । किनमेल गरिरहेका दुुई सैनिकको असार ४ गते माओवादीले हत्या गरेपछि सुुरक्षाकर्मीको आक्रमणको तारो भने स्थानीयवासी भएका छन् । 'माओवादी पालेको' आरोपमा स्थानीयवासीमाथि कुुटपिटमात्रै भएन कि एक महिनासम्म बजारसमेत नियमित खुुल्न सकेन । पीडितहरूका अनुुसार सुुरेन्द्र श्रेष्ठको कपडा पसलमा आरुघाटस्थित संयुुक्त सुुरक्षा क्याम्पका दुुई सैनिक दिलीप मुुखिया र सुुनीलकुुमार तामाङको माओवादीले हत्या गरेका थिए । सँगै आएका चार सैनिक अर्को पसलमा किनमेल गरिरहेका थिए । 'हत्या भएको थाहा पाएर पनि उनीहरू ब्यारेकतिर फर्के,' एक स्थानीयवासीले भने- 'तर माओवादीलाई त्यत्तिकै जान दिएको र माओवादीको मतियार भन्दै हामीले सुुरक्षाकर्मीबाट निरन्तर प्रताडित हुुनुुपरेको छ ।' दुुवैतिरबाट पीडित भएको पीडा सुनाउँदै सुुरेन्द्र भन्छन्- 'माओवादीले घरभित्र घटना गराएको पीडामा सुुरक्षाफौजबाट पनि हामीलाई सान्त्वना मिलेन ।' अरू दिनभन्दा शनिबार उनको पसलमा भीडभाड थियो । त्यही बेला आएका दुुई अपरिचितले दुई सुुरक्षाकर्मीलाई कञ्चटमा गोली हानेका थिए । मुुखियाको तत्काल मृत्युु भयो भने तामाङलाई उपचारका निम्ति स्थानीय बासिन्दाले नै स्वास्थ्य चौकी लगे । उनको उपचारकै क्रममा मृत्युु भयो । स्थानीयवासीका अनुुसार माओवादीलाई नपक्रेको निहुुँमा सुुरक्ष्ााकर्मीले कुुटपिट गर्न र पसल बन्द गराउन थाले । तीन दिनसम्म बिजुुलीको लाइन काटियो । झन्डै एक महिना बजार बन्द रह्यो । असार १३ गतेबाट बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्म, १६ गतेबाट बिहान ८ देखि ४ बजेसम्म र साउन २ देखि बिहान ६ बजेदेखि बेलुुका ६ बजेसम्म पसल खोल्न दिइएको छ । राति १२ घन्टा कफ्यर्ुु छ । मानव अधिकारवादीले सार्वजनिक गरेको प्रतिवेदनमा धादिङका प्रमुुख जिल्ला अधिकारी रामशरण चिमोरियाले भने कफ्यर्ुुको आदेश आफूले जारी नगरेको बताएका छन् । 'कफ्यर्ुुको आदेश प्रशासनबाट मात्र जारी हुुने भएकाले मबाट त्यो आदेश जारी भएको छैन,' उनले भनेका छन् । 'सुुरुका १०/१२ दिन त झ्यालढोका खोल्नसमेत पाइएन,' किराना पसले बिलप्रसाद श्रेष्ठले कान्तिपुुरसँग भने- 'बिहानदेखि ढोका खोल्न दिइएको तीन दिन भयो ।' क्रमश:
Read Full Discussion Thread for this article