Posted by: Ok July 22, 2005
Login in to Rate this Post:
0
?
मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके
खण्ड २०
मेरो घरमा गएर फर्केपछि एकाएक मञ्जुको चालचलनमा परिबर्तन आयो। मञ्जु ज्यादा नै सिरियस हुँदै गईन्। पहिले पहिलेको जिद्दि र लाडेपनको त नामोनिशान रहेन। सायद मञ्जुले मेरो गाँउ र उनको गाँउमा तुलना गरिन् होला, मेरो घर र उनको घरमा धेरै नै फरकहरु भेटिन् होला, अनि मेरा गाउँका छोरीहरु र उनी आफ्नै बिचमा पनि त निक्कै नै ठूलो खाडल देखिन् होला नि। भनेको सुनेर भन्दा आफ्नै आँखाले देखेपछि वा प्रत्यक्ष अनुभब गरेपछि मात्र मानिसलाई सत्यता माथी पूर्णविश्बास र संबेदनशिलतामा गहनतम् परिवर्तन ल्याउँदो रहेछ क्यारे, साँच्चै नै मञ्जुका अघि र पछिका फरकहरु आकाश र जमीन जस्तै फरक भए। म पनि उनको जीवनमा हुने संभावित परिबर्तनबारे पूर्ण रूपमा त अनबिज्ञ थिईन तरपनि यति ठूलो परिमाणको फरकपना चाहिँ मेरो कल्पना भन्दा बाहिरको कुरा थियो। मञ्जु मेरो घरमा जाने कुराले नै मेरो मनमा एक किसिमको असहजपन भित्रीसकेको थियो, जस्ले मञ्जुको जीवनमा मात्र नभएर मेरो जीवनमा पनि त असर पार्न सक्थ्यो। म छि: छि: र दुर्दुरको शिकार पनि हुन सक्थेँ र संघर्षपूर्ण मेरो जीवनले गरेको अथक प्रयास सम्मानको भागिदार पनि त हुन सक्थ्यो। दुबै संभावना बराबरी नै थिए, अझ भन्ने नै हो भने शताब्दिऔँ देखी सामन्ति कुसंस्कारमा जकडिएको हाम्रो असमानता उन्मुख समाजमा धनि र गरीव बिचको खाडललाई झन् फराकिलो पार्न पहिलो संभावना नै प्रवल थियो। तर मञ्जुले दोस्रो बाटो रोजिन् र पहिलो बाटोलाई सम्पूर्ण रुपले तिलाञ्जली दिईन्। सायद मञ्जुको यो ब्यबहार नै मेरो हृदयले उनलाई आजसम्म देखाएको निष्कपट प्रेम र उच्च सम्मानको कारक हो, जुन मेरो आत्मामा सदासदाका लागि अमर भएर रहिरहनेछ।
२०४५ साल पौषबाट म पनि ८ कक्षा पास गरेर ९ कक्षामा गएँ। भाईबैनि पनि ५ कक्षा पास गरेर शिबदुति प्रा.बि.को पढाई पुरा गरे। अब फेरी मेरो घर यथास्थितिबादमा चल्न नसक्ने भयो। पौषको अन्तिमसाता भरि "अब भाईबैनीलाई पढाउनेकी नपढाउने? अरु गाँउलेले जस्तै भाईलाई मात्र पढाएर बैनीको स्कुल छुटाईदिने कि? भाईलाई मात्र पनि कसरी पढाउने, काहाँ राखेर पढाउने?" आदि ईत्यादि कुराहरुमा धेरै छलफल गरेउँ आमा छोराले। भाई बैनी पनि सँगै थिए, टुलुटुलु हेर्दै । हाम्रो निर्णयमा आसाका नजर दुगुराउनु बाहेक उनिहरुले के नै गर्न सक्थे र? तर पनि उनिहरुको अनुहारले पढ्ने ईच्छालाई राम्रैसँग झल्काईरहेको थियो। हाम्रा दैनिकरुपमा हुने गफले भाई र बैनीको भबिश्यको रेखा कोर्न सकेनन्। दुबैलाई स्कुल पढाउन त संभबनै देखिएन। भाईबहिनीको बारेमा सोच्नु पर्ने मैले हो । तर पनि म आफैँ अर्काको घरमा बसेर पढेको छु। भाईबैनी पढाईमा तेति टाठा नभकाले मेरो जसरी अर्काको घरमा बसेर पढ्न पनि संभब थिएन, स्कुलमा फिस मिना हुने कुरा पनि थिएन।
क्रमश: