Posted by: dodhare July 21, 2005
Login in to Rate this Post:
0
?
नेपेजी,
म नाममा भन्दा काम/परिणाम मा विश्वास गर्छु। तपाई असोजतन्त्रका कुरा गर्नु हुन्छ तर मैले त्यो भन्दा अघिको प्रजातन्त्रलाई तपाईले जस्तो चटक्क बिर्सेको छैन। त्यसैले मैले शान्ति र स्थायित्वको कुरा उठाएको हो। असक्षम नेतृत्वलाई दोष दिएको हो। शान्ति र स्थायित्व प्रजातन्त्रका आधारशिला हुन्। र यसमा तपाईसंग मेरो असहमति छ।
मैले राजाले सबै समस्याको समाधान गर्छन र प्रजातन्त्रको बहाली गर्छन भनेर ठोकुवा गरेको हैन, शान्ति र स्थायित्व ल्याउन मद्दत गर्छन कि भन्ने आशा चै गरेको हो। आजसम्मको मेरो हेराईमा अहिलेको सरकारले माओवादी प्रति लिएको स्पष्ट दृष्टि र खरो नीतिले माओवादीहरु ढल्मलाएका छन्, पहिलो पल्ट हतियारधारीहरु कमजोर देखिएका छन्। यो शान्ति स्थापनाका लागि बलियो संकेत हो। प्रजातान्त्रिक शक्तिका सरकारहरुको तोरीलाउरे नीतिले माओवादीलाई सधै टेवा पु-याउन सिवाय केही गरेनन्। अहिले पनि उनीहरु माओवादीहरु प्रति अन्यौलता मै छन्।
नेपेजी, तपाई हामी विदेशमा बसेर देशको चिन्तन गर्ने हो। आ-आफ्नो क्षमता अनुसारको राजनैतिक विश्लेषण गर्ने हो। को ठीक र को गलत रहेछ भन्ने कुरा त समयले देखाउने कुरा हो। यो साझाको न्वारानको समय देखि नै तपाईका भनाईहरु पढ्दै आएको छु र आशा छ अर्को तीन वर्षसम्म यही हाम्रो भेट हुने नै छ।
किनभने प्रजातन्त्रको लडाई लड्न तपाई नेपाल जाने हैन र त्यो महान युद्ध रोक्न म जाने पनि हैन। तपाई लड्न गएपनि युद्धमा तपाईका नीति लागू हुने हैन। युद्धको नीति नेतृत्व वर्गले चयन गर्छ। र यो महान युद्धमा नेतृत्व लिने राजनेताहरु उही असफल, असक्षम, विवेकहीन, र दृष्टिबिहीन गिरिजा, माधव र देउवा छन्। त्यसैले, प्रजातन्त्रमा तपाईको निष्ठाप्रति मेरो कुनै सन्देह छैन। तर नेतृत्व वर्गको क्षमताप्रति छ र सायद तपाईलाई पनि होला। मैले नयां नेतृत्वको चयनको कुरा उठाएको कारण पनि त्यत्ति हो।
बांकी तपाईले राजाको बारेमा भविष्यवाणी गर्नु भो, मैले पार्टीहरुको। यथास्थितिमा मेरो बाजी कायमै रहनेछ।