Posted by: Ok July 20, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
त्यस दिन बिहान खाना दिइनन् । बेलुका खाना खाने बेला 'यसलाई गोद्ने होइन, सिध्याउनुपर्छ' भन्दै थिए, केही जवानहरू । भोलिपल्ट बिहान पनि अघिल्लो दिनकै घटना दोहोरियो । म प्रतिवाद गरिरहेँ । ममाथि यातना दिने क्रम जारी रह्यो । दिउँसो भने कर्णेल सुरेशकुमार कार्कीसँग भेट गराइयो । म आफैं पनि भेट्न चाहिरहेको थिएँ । सायद उनले मेरो पुकारा सुन्छन् कि ! तर, उनले मलाई यसरी उपदेश दिए, मानौं मैले पत्रकारिता गरेर आतंकवादको काम गरेको छु । उनको भनाइ थियो 'आतंकवाद विश्वमा कहीँ सफल भएको छैन, यहाँ पनि सफल हुँदैन । तपाईं समाचार लेख्ने काम नगर्नोस् ।' पत्रकारिता छाडेर अरू जागिरमा जाने भए आफूले सक्नेसम्म सिफारिस गरिदिने उनले बताए । यातनाले असह्य अनुभव गरेको म कसैगरी बाहिर निस्कन चाहिरहेको थिएँ । उनले भने 'पैसै कमाउन पत्रकारिता गर्नुभएको हो भने अरू पनि बाटा छन् ।' उनको तर्क सुन्दा लाग्थ्यो, पत्रकारिता माओवादीले गर्ने काम हो । त्यसैले म माओवादी हुँ । तर, उनले मलाई राम्रै व्यवहार गरेका थिए । यो भेटपछि मलाई कोही जिम्मा लिने साथी बोलाउने भए नाम दिन भनियो । मैले सोचेँ पछि आउनेलाई पनि मेरो जस्तै त गर्ने होइनन् ! फेरि मजस्तो एक्लो मान्छेभन्दा पत्रकार महासंघ झापा शाखा सभापति बोलाउँदा उचित होला भन्ठानेर उनको नाम दिएँ । फागुन ७ गते शुक्रबार साँझ ५ बजे तत्कालीन शाखा सभापति माधव विद्रोही आए । मलाई उनको साथ लागेर जान भनियो । छाड्नुअघि तीनपुस्ते परिचय सोधे । र भने- 'अहिलेलाई तारेखमा छाडेको हो । एक महिनापछि आउनु । यहाँ रहँदा के-के भयो, बाहिर नभन्नु होला । त्यसको परिणाम आफैं सोच्नु ।' बाहिर आएर थाहा भो जसका लागि म ब्यारेक पुगेँ ती साथीलाई भोलिपल्टै छाडिएको रहेछ । मलाई सेनाले अकारण यातना दिएको थाहा भयो किन भने यातना दिनुको कारण उनीहरूले कहिल्यै खोलेनन् । मलाई शारीरिक रूपमा जति पीडा भएको थियो, मानसिक आघात त्योभन्दा धेरै गुना बढी थियो । बाहिर आएर म चुप लागेर बसेँ । आतंक यस्तो थियो कि साथीहरूले समाचार लेख्ने त के, कसैले विज्ञप्तिसम्म जारी गर्ने आँट गर्न सकेनन् । वैशाख ७ गते म ब्यारेकमा गएँ । खासै कुराकानी भएन । उनीहरूले यतिमात्र सोधे 'यहाँभित्रको कुरा बाहिर त भन्नु भएन होला नि ?' यसपछि १२, १३ र २५ गते बोलाइयो । केही सोधपुछ भएन । एकैचोटि ५ जेठमा आउन भनियो । त्यसपछि १५ र २५ जेठमा गएपछि 'अब नआउनु' भनियो । एक दशकअघि धादिङको तसर्कु- ३ बाट यहाँ आएको मेरो जीवनमा यो सबैभन्दा कहालिलाग्दो घटना थियो । ती सात दिन सम्झँदा, बाँचेकोमा छक्क छु । राज्यले एउटा पत्रकारलाई त 'माओवादी कार्यकर्ता हुँ भन्' भनेर बाध्य पार्दोरहेछ भने सर्वसाधारणलाई के गर्ला ? मैले अझै घरमा बा-आमालाइ पीर होला भनी यो कुरा खोलेको छैन । घटना दोहोरिएला भन्ने लागेर क्षतिपूर्तिका लागि अदालत गएको छैन । सञ्चारकर्मीमाथि राज्यको दृष्टि बुझ्दै जाँदा राजधानीबाहिर मान्छे सुरक्षित छ भन्ने लाग्दैन । त्यसैले म आफूलाई परेको घटना सुनाउँदै हिंड्न पनि चाहन्न । माघ १९ पछि सञ्चारकर्मीमाथि सरकारी दृष्टि असहिष्णु छ । सञ्चारकर्मीमा राज्यबाट हुने अकारण शारीरिक/ मनोवैज्ञानिक त्रास अद्यपि छ । यसरी कहिलेसम्म पत्रकारिता चल्ला ? यो मेरो आफैंसँग नियमित हुने अनुत्तरित प्रश्न हो । तर सबैको आवाज स्वतन्त्र प्रेसका लागि उठेको सम्झँदा भने मन हलुँगो हुन्छ । -भीम घिमिरेसँग कुराकानीमा आधारित)
Read Full Discussion Thread for this article