Posted by: shirish July 20, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
aayo aayo arko ni aayo! बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ? दिनहुँ बिग्रदो भत्कदो, आकस्मिकता कहाँबाट नियमित आयो ?" मायाका तरंगहरु , छाया र ज्यान सरी, स्पर्श हुनु पो कसरि? भर्खर परिचय भयो ! त सम्बन्ध कहाबाट अनुचित आयो ? तिमी थियौ, म थिएं, अध्यारो बाहेक केहि त थिएन चारै तिर योजना बिरुद्द सांझै, तेस्रो ब्यक्ति काँहाबाट परिचित आयो ! बिखण्डन कहा छैन? मनमा, पानीमा, आकाशमा, जमीनमा सिमाना भित्र सिमाना, रेखा आफै कहाबाट बिभाजित आयो ! ढुङाहरु जो प्रहार भए म माथी, टिपेर जग बनाउदैछु खातका खात ईटा बोकी, ठेकेदार कहाबाट उल्लासित आयो ?
Read Full Discussion Thread for this article