Posted by: dodhare July 20, 2005
Login in to Rate this Post:
0
?
लडाई लड्न एउटा दूरदर्शी नीति चाहिन्छ। हाम्रा नेताहरुलाई क्षणिक लाभ बाहेक अर्को कुरा सोच्ने फुर्सदै छैन। लडाईलाई प्रभावकारी बनाउन नीतिको साथै समय पनि चाहिन्छ। माओवादीले १० वर्ष अघि सुरु गरेको लडाई अहिले चुलीमा पुगेको छ। हो, चुली। उनीहरुको रणनीति परिवर्तन नगरी यो भन्दा बढी सफलता भविश्यमा सायदै मिल्ला। भने, बिना योजना ७ पार्टीलाई आजको भोली सफलता कसरी मिल्ला? लडाकु पार्टीहरुको रणनीति के छ? कोही संसद ब्युझाउन लडेको, कोही गणतन्त्र स्थापना गर्न लडेको त कोही संबैधानिक प्रजातन्त्रको लागि। यस्तो अन्यौलताको लडाई कति सफल होला? नारा जुलुस र प्रचारबाजीमा सीमित लडाई ३ वर्ष अगाडि सिद्धिएला त? मलाई लाग्छ, त्यो असम्भब छ।
त्यसैले, पार्टीहरुले आफ्नो पार्टी संगठन गर्न समय खर्चिनु पर्छ र ३ वर्षभित्र हुने चुनावको तयारीमा लाग्नु पर्छ। सकिन्छ भने राजासंग मिलेर अन्तरिम सरकार गठन गर्नु पर्छ। राजाको ३ वर्षे कुरामा विश्वास छैन भने यदि त्यस्तो अवस्था आयो भने कसरी अघि बढ्ने भन्ने नीति तय गर्नु पर्छ। जो बलियो छैन त्यसले लड्न सक्दैन। त्यसैले आफूलाई बलियो बनाउने सुनौलो अवसर हो यो। हामीले क्षमा याचना ग-यौ र अब सुध्रियौ भन्ने भनाईको पछाडि आम जनताको सहभागिता हुन्छ भनेर मान्नु अलिक चांडो होला। यदि पार्टीहरु यसरी नै अन्यौलतामा फसे भने परिणाम घातक हुन सक्छ। किनभने भोली चुनाव त हुन्छ नै। आन्दोलन असफल भएपछि चुनाव पनि बहिस्कार गर्नु पर्यो। दोश्रो कुरा संगठन मजबुत नभएको पार्टीले चुनावबाट कस्तो आशा गर्ने? चुनाव बहिस्कार गरिएको खण्डमा ८०% प्रतिशत भन्दा बढी पार्टीहरुका नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिनेछन (सत्ताको लोभका कारण)। त्यसैले प्रजातान्त्रिक शक्तिहरुका लागि घातक परिणाम।
यस्तो बिग्रिएको परिस्थितिलाई काबुमा ल्याउन राजाले कदम चालेका हुन भन्ने मलाई लाग्छ। स्थिरता र शान्ति सबैको सहयोगले चांडो आउन सक्ला। राजाका कदमले प्रजातन्त्रको लडाईका नाममा भ्रष्ट र असक्षम नेतृत्वले फेरी जरा गाड्न नपाओस। त्यस्तै, अस्थिरता र आन्दोलनका कारण राजाको कार्यकाल पनि नलम्बियोस। पूर्वाधार बलिया नभै प्रजातन्त्र बलियो हुंदैन। प्रजातन्त्रको बिकल्प पनि छैन।