Posted by: dodhare July 20, 2005
Login in to Rate this Post:
0
?
प्रजातन्त्रको अर्को बिकल्प छैन। निस्चय नै हो। तर अस्थिरताले अशान्ति ल्याउंछ र सही प्रजातन्त्रको मुल्य हराउंछ। नेपालको प्रजातन्त्रको सन्दर्भमा भयो त्यही। त्यसैले प्रजातन्त्रको बहालीपछि हामीले ब्यहोरेको सबैभन्दा ठूलो क्षति नै अस्थिरता हो। र अस्थिरता असक्षम नेतृत्वका कारण आयो। त्यसैले प्रजातन्त्रको बहसमा फस्नु भन्दा प्रजातन्त्र के ले खत्तम पा-यो बुझौ।
नेपालका सबैभन्दा ठूला पार्टीहरु नेपाली कांग्रेस र एमाले को नेतृत्व क्रमश: गिरिजा प्रसाद र माधव नेपालले गरेका छन्। यिनीहरुको नेतृत्वकालमा आफ्नै पार्टी भित्र प्रजातन्त्रको अभ्यास भएन। फलस्वरुप आफ्नै पार्टी बिभाजित भए, कमजोर भए। दुबै पार्टीले सरकार गठन गरे तर ब्यक्तिगत किचलोका कारण सरकार बिघटन गरिए। जनताले दिएको अधिकारको दुरुपयोग गरियो। मिलेर प्रजातन्त्र ल्याएका योद्धाहरुले मिलेर सरकार चलाएर स्थिरता ल्याउनुको साटो मात्र २० सीट जितेको पूर्व पञ्चहरुको पार्टीलाई दुई दुई पटक सरकार गठन गरेर अस्थिरता निम्त्याउन सहयोग गरे। त्यतिमात्र हैन, जब राजाले मिलिजुली प्रधानमन्त्रीको नाम मागे सहमतिमा कोही आउन सकेनन्। आफू भए ठीक र अर्को भए बेठीक को नीति अपनाईयो। यस्ता साह्रा घटना घट्नुको कारण असक्षम नेतृत्व नै हो। (मदन भण्डारी र मनमोहन भट्टराईको नेतृत्व एमालेमा धेरै प्रभावकारी थियो।)
अन्यौलताका कारण नेतादेखि कार्यकर्ता, ब्यापारीदेखि कर्मचारी सबैले क्षणिक लाभ उठाउन थाले। त्यसैले, भ्रष्टचारी हुनु राजनैतिक पार्टीहरुको प्रमुख कमजोरी हैन। उनीहरुमा देखिएको प्रमुख कमजोरी हो सक्षम नेतृत्वको कमी। पार्टीहरु फेरी सफलताको सीढि चढ्न नेतृत्वमा परिवर्तन आउनु एकदमै जरुरी छ। युवा पुस्ताको प्रतिनिधि नेता राखेर मात्र समस्या सुल्झिदैन। शेर बहादुर देउवा जस्ता विवेकहीन युवा पुस्ता फेरी पनि असफल हुनेछन्। त्यसैले, जबसम्म नयां कुशल नेतृत्व जन समक्ष देखिदैन तबसम्म लडाई चाहे प्रजातन्त्र जस्तो राम्रो नाममै किन नलडियोस, त्यसले राजनैतिक कार्यकर्ताको समय र शक्ति नष्ट गर्ने सिवाय अर्को केही उपलब्धि हुंदैन।