Posted by: Ok July 15, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
एलोनगाई२७ दाई, मञ्जुको गाँउ नै तपाईँको ससुराली हो भनेर मलाई चसक्क नपार्दिनुस् न होउ। राएन बाउ, कुन ब्यांकको ठेगाना चाहिएको हो कुन्नी? सिटी ब्यांकको ठेगानाले हुन्छ? छुतेको हैन पण्डित गुरु, छुटेको होला नि! कि ग्बाराको लप ले नेपाली फ्लप भो? ------------------------------------------------------ मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १९ आमा र भाई चाहिँ नाटक सकिने बितिक्कै "घरमा गाईबस्तु फुकेर लगाएको कमाई खाए होलान्" भनेर र जानु भएछ, बैनी र मञ्जुलाई मसँगै आउनु भनेर। हामी नाटक देखाएका सामानहरु मिलाउन लागेउँ। गाँउका दाईहरुले सहयोग गर्नु भो। मञ्जुले पनि यसो अलि अलि सघाईन्। सबैसँग विदाबारी भएर घरतिर लाग्दा सप्तमीका जून पनि तीनतले डाँडाबाट टुप्लुक्कै अस्ताए। "अब, झमक्कै रात पर्छ, जाँउ दाई छिटो घरमा। मञ्जु दिदीलाई पनि भोक लागि सक्यो होला?" बैनिको यो हतारो सँगै हामी उकालो पाईला चालिउँ। तिनै जनालाई हिड्नकै चटारो थियो, कमै मात्र गफ भए। "अनि मञ्जु, कस्तो लाग्यो त हाम्रो नाटक?" अँध्यारोमा सुमुसुमु हिडाईको सन्नाटालाई चिर्दै मैले मञ्जुको प्रतिकृया जान्न जाहेँ। उनले "राम्रो लाग्यो" बाहेक अरु केहि पनि भनिनन्। फेरी पहिलेकै शुन्यता। मैले सोधेका प्रश्नहरुको सिधा र छोटो उत्तर बाहेक मैले केहि पाईन। बाटोको लम्बाईसँगै मेरा सोचाईका पनि तन्किदै गए "अघि दिउँसो रामपुरबाट आउँदा बोलेर कहिल्यै पनि नथाक्ने मञ्जु अहिले एकाएक परिवर्तित किन भईन्? सायद नयाँ ठाउँ, नयाँ गाँउ, नौलो अनुभव, बेग्लै अनुभूतिहरुले उनको सोचाईको सबै समयनै लिईदियो कि? कतै उनलाई मेरो घर र हाम्रो गाँउको बाताबरणले दुखित पो बनायो कि?"। तर पनि उनलाई के भयो भनेर सोध्ने आँट नै गरिन। बैनी अघि अघि, मञ्जु बिचमा र म पछाडि थियौ। गौडागौडीँ बाटो राम्रोसँग पनि देखिदैनथ्यो। घर छेउमा पुग्नै लागेका बेलामा गद्राकगुद्रुकको आबाज आयो। "ए दाई, मञ्जु दिदी लड्नु भो क्यारे!" बैनिको बोली सकिन नपाउँदै मैले मञ्जुलाई उठाईसकेको थिएँ। सँगै हिड्ने, सँगै पढ्ने, सँगै बस्ने भएपनि त्यसरी मञ्जुको शरिरमै समाएको चाहीँ कहिल्लै थिईन। पढ्दा होस् या बाटामा सँगै हिड्दा होस्, अलिअलि त छोईहालिन्थ्यो। भनिन्छ, आपतमा जेठाजुबुहारी त छुनु हुन्छ रे, त्यसमाथी हामी त साथीसाथी। एउटा खुट्टो ढुंगाको चेपमा परेर मर्किएछ। बैनिले मञ्जुलाई भरोसा दिई र घर पुगिउँ। "धेरैबेर लाग्यो है, सामान थन्काएर आउन। ल आओ बस आगोको छेउमा। मैले मकै ठीक्क पारेकी छु। पोलेर खानु पर्छ।" हामी ढोकाबाट पस्नै नपाई आमाले खानाको कुरा गर्नु भो "के भयो मञ्जु नानीलाई? खुट्टा त खल्च्यांग खुल्चुंग गर्छिन् नि?"। "ममी केहि भा हैन, अँध्यारोमा अलिकति ठोक्केको मात्र हो?" मलाई बोल्नै दिइनन् मञ्जुले । "मर्केको हो भने त भोली बिहान हिड्न गाह्रो हुन्छ, म औषधि बनाईदिन्छु" आमाले स्थानिय उपचार गराउने सुरसार ल्याउनु भो। "पर्दैन ममी पर्दैन। अलि अलि मात्र हो" उनले केही पनि नभए जस्तो गरिन्। क्रमश:
Read Full Discussion Thread for this article