Posted by: Ok July 13, 2005
Nepal?s envoy to US Shrestha warns NDYC president
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=45601 अमेरिकी नेपालीलाई राजदूतको चेतावनी कान्तिपुर संवाददाता काठमाडौं, असार २९ - नेपालमा प्रजातन्त्र बहालीका निम्ति अमेरिकामा आवाज उठाउँदै आएका नेपालीहरूको संगठनलाई त्यहाँस्थित नेपाली राजदूतले धम्क्याएका छन् । 'नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल' का अध्यक्ष आनन्द बिष्टका अनुसार प्रजातन्त्रको पक्षमा हुँदै गरेका गतिविधि आफूलाई मन नपरेको उल्लेख गर्दै राजदूत केदारभक्त श्रेष्ठले तत्काल बन्द गर्न चेतावनी दिएका हुन् । 'मलाई तपाईंहरूका यी सबै गतिविधि मन परेका छैनन्, बन्द गनर्स्,' राजदूतको धम्की उल्लेख गर्दै कान्तिपुरलाई प्रेषित इमेलमा बिष्टले भने । अमेरिकामा रहेका नेपालीको संगठन -एएनए)को हालै टेक्ससको डल्लासमा सम्पन्न वाषिर्क भेलामा बिष्टले आफ्नो संस्थाका तर्फबाट एक कार्यपत्र प्रस्तुत गरेका थिए । काउन्सिलकै सक्रियतामा शाही कदमविरुद्ध दुई महिनाअघि वासिङटन डीसीमा सात सयभन्दा बढी नेपालीको जुलुस प्रदर्शन गरिएको थियो । बिष्टले नेपालमा प्रजातन्त्र पुुनर्बहाली नभएसम्म अमेरिकामा विरोध प्रदर्शनलगायतका गतिविधि जारी राख्ने बताएका छन् । अमेरिका स्वतन्त्रताको भूमि भएको उल्लेख गर्दै उनले कार्यपत्रमा भनेका छन्- 'अमेरिका जहाँ प्रजातन्त्र, समान अवसरको प्रत्याभूति दिएको छ, नेपालमा प्रजातन्त्र पुनःस्थापनाका निम्ति गतिविधि बढाउने उचित ठाउँ हो ।' 'असोज १८' लगत्तै स्थापित उक्त संस्थाको उद्धेश्य प्रजातन्त्र पुनर्बहालीका लागि बाहिरी जनमत बनाउनु हो । यसक्रममा अमेरिका पुगेका राजनीतिक नेता, पत्रकार र अन्य टोलीहरूसँग संस्थाले छलफल गर्ने गरेको छ ।
Read Full Discussion Thread for this article